विप्लवका कार्यकताले गरे थवाङ गाउँपालिका अध्यक्षको अपहरण



अपहरणमा पर्नु भएका थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती

सैघाली खबर
दाङ। ३० भदौ । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा पर्नु भएको छ । थवाङ २ स्थित ससुराली घरबाट उनलाई बिहीबार राती १२/१३ जनाको अज्ञात समूहले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डि.एस.पि.विरेन्द्र थापाले जानकारी दिनुभयो । राति ससुरालीको घरमा सुतिरहेको बेला राति ११ बजे अपहरण गरेको थापाले जानकारी दिनुभयो । भोली हुने थबाङ गाउँ सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड थवाङ जाने थाहा पाएर गाउँ पालिका अध्यक्ष घर्तीको अपहरण भएको हुन सक्ने डि.एस.पि. थापाले जानकारी दिनुभयो । घर्तिको नेकपा माओवादी विप्लव समुहका कार्यकर्ताले अपहरण गरेको हुन सक्ने उहाँको भनाई छ। विप्लब समुहका कार्यकर्ताले भोली हुने कार्यक्रमलाई बिथोल्ने योजना बनाएको भन्दै उनिहरुले घर्तीको अपहरण गरेको वताउनुभयो । घर्तीको खोजिकार्य रहेको छ । वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका स्थानीय नेता समेत हुनुहुन्छ ।

डि.एस.पि. थापाको नेत्रित्वमा १२ जनाको प्रहरी टोली घटना स्थलतर्फ जादै

थवाङ गाउँ पालिका अध्यक्ष वीरबहादुर घर्तीको खोजि गर्न भन्दै जिल्ला प्रहरी कार्यलयबाट एक टोली घटना स्थल तर्फ हिडेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डि.एस.पि.विरेन्द्र थापाको नेत्रित्वमा १२ जनाको टोली त्यसतर्फ हिडेको उहाँले जानकारी दिनुभयो । अहिले बिहान ८ बजे हिडेको उक्त टोली बाटौम छ । सदरमुकाम बाट झण्डै ७ घण्टाको दुरीमा रहेको थवाङ पुगेर घटनाका बारेमा थप अनुसन्धान गरिने वताउनुभयो । घर्तीको जसरी भएपनि खोज अनुसन्धान गरेर अपहरण मुक्त पार्ने डि.एस.पि.थापाले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्