किसानका लागि मोबाईलमै कृषि सेवा



भुपेन्द्र वली
दाङ ,जेठ ।
कुनै समय घोराही १४ का हरि परियारलाई आफुले लगाएको बालिनाली र पशुहरुलाई राम्रो संग हुर्काउन आवश्यक सल्लाह सुझाव र सहयोगका लागि जिल्ला कृषि कार्यालय घोराहीमा धाउनुपर्ने बाध्यता थियो । घरको दैनिक कामलाई पन्छाएर समय र पैसा दुबै खर्च हुनेगथ्र्यो । तर हाल उनि यि समस्याबाट मुक्त भएका छन । नेपाल सरकारले वढ्दो प्रविधिको विकास संगै कृषि क्षेत्रलाई पनि प्रविधि मैत्री सुचना प्रणालीमा विकास गर्ने लक्ष्यका साथ ‘किसान कल सेन्टर ’ सहित मोवाईल सेवा वितरण गरेपपछि यहाँका किसानले राहत महसुस गरेका छन । ‘ अव आकाश तिर हेरेर पानी कहिल पर्ला ? र खेती गरौला भने चिन्ता रहेन । परियारले भने ‘ अव कतिदिन भित्र कति पानी पर्छ । कुन मौसमीमा कुन–कुन खेती गर्नुपर्छ , कुन महिना तरकारी तथा खाद्यवालीमा कसता प्रकारका रोगहरु देखा पर्न सक्छन । ति रोगहरुको उपचार कसरी गर्न सकिन्छ । जस्ता सुचनाहरु सवै यही मोवाईलमा नै पाईरहेका छौं । ’ वढ्दो जलवायु परिवर्तनको कारण कृषिउत्पादकत्व घट्दै गईरहेकाले समयानुकल कृषकहरु लाई मौसमी पुर्व सुचना पु¥याउने हेतुका साथ मोवाईल सेवा शुरु गरिएको हो ।

६३ जनालाई मोबाईल वितरण

किसान कल सेन्टर सुविधा अन्तर्गत पहिलो चरणमा जिल्लाका ६३ किसानलाई आधुनिक मोवाईल सेट सहित वर्षा र तापक्रम मापन यन्त्र वितरण गरिएको छ । कृषि विकास मन्त्रालय अन्तरगतको जलवायु प्रकोप समुत्थान निमार्ण आयोजनाको सहयोगमा किसानलाई मोवायल सेट प्रदान गरिएको हो । । ‘ सबै ठाँउमा पायक पर्ने गरी मोबाईल वितरण गरेका छौं । ’ उनले भने ‘ एउटा किसानलाई वितरण गरिएको मोबाईल सेवाबाट वरपरका अरु किसानले पनि लाभ लिन सक्नेछन । ’

यस्ता छन सुविधा

वढ्दो प्रविधिको विकास संगै कृषकहरु कृषि सुचना वाट विमुख भईरहेको र जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पुगेको ठुलो क्षतिलाई कमि गर्ने , कृषि र कृषकको आयस्तर सुधार गरी आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यका साथ सुचना प्रविधि सहित अन्य प्रविधिहरु समेत हस्तान्तर गरिएको जिल्ला कृषि विकास कार्यालय दाङका बरिष्ठ कृषि विकास अधिककृत दिपक शर्माले जानकारी दिए । जसका लागि ति मोबाईलमा कृषि सेवा सम्बन्धि एप्लीकेशनहरु राखिएको छ भने किसानहरुलाई एप्लीकेशन चलाउने तरिका पनि सिकाईएको छ । किसानहरुले यो सेवामार्फत मौसम सम्बन्धि जानकारी , उत्पादकत्व बढाउने तरिका , बालिनालीमा लाग्ने रोगको रोकथामका उपाय , बजारको उपल्बधता , कृषि सामाग्रीको बजार मुल्य लगायतका सुविधा पाउनेछन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्