साहारा बिहिन दाजुवहिनीलाइ हुमाचन्द्र बोर्डिङ स्कुलले निशुल्क रुपमा पढाउने



समिक्षा गाहा,
, दाङ ३० भदौ।
कलिलो उमेरमा आमा बाबु गुमाएका नाबालक दाजुवहिनीलाइ हुमाचन्द्र बोर्डिङ स्कुलले निशुल्क रुपमा पढाउने जिम्मा लिएको छ ।
दुर्घटनामा एकसाथ आमाबुवा गुमाएका दाङ शान्तिनगरका नावालक टुहुरा र वेसहारा बनेका साढे तीन वर्षिया सिम्रन केसी र आठ वर्षिय प्रयत्न केसीलाइ शान्तिनगर ३ स्थीत हुमाचन्द्र बोर्डिङ स्कुलले निशुल्क रुपमा पढाइ खर्च व्यहोर्ने जनाएको छ ।

करीब २०६३ सालमा स्थापना भइ हाल सम्म गुणस्तरीय शिक्षा दिदै आएको बिद्यालयमा कक्षा ७ सात सम्म पढाइ हुदै आएको छ, र बिद्यालयले स्रिमन र प्रयत्नलार्इ त्यहा पढाइ हुने कक्षा सम्म निशुल्क पढाउने जिम्मा लिएको हो।

दुइ नावालकका आमा सिता केसी र बुवा ढक बहादुर केसीको सवारि दुर्घटनामा मृत्यु भएपछि ठूलो समस्यामा परेका नावालक दाजुवहिनीको पढाइको जीम्मा लिएको बोर्डिङ स्कुलका प्राध्यानध्यापक थम्मन कडेलले जानकारी दिनु भयो ।सिम्रन र प्रयत्नको जीवनमा कलीलो उमेरमै ठूलो बज्रपात आइप¥यो, यतिबेला उनीहरुको परीवारलाइ सहयोगको खाँचो पनि छ।,

आमाबुवाको मृत्यु पछि सिम्रन र प्रयत्नको घरमा बुढी हजुर आमा, ठूलो बुवा र ठुलीआमा छन् । गत आइतवार सुर्खेतबाट दाङ आउने क्रममा शम्शेरगञ्जंमा मोटरसाइकलाई बसले ठक्कर दिदा दुर्घटनामा मुत्यु भएको थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्