पूर्वराजा ज्ञानेन्द्र शाहको ७३ औँ जन्मोत्सवमा उनकी नातिनी कर्णिकाले लेखेको कबिता
चुपचापको अर्थ जस्ले जसो लाएँ पनि दिलको मौनता केवल ओभानो ओठले बुझेको छ।
झरेको आँशु जस्ले जसो ठानें पनि नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ।
जीवनको खुशी जस्ले जसो भनेँ पनि छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ।
शरदको रात जस्ले जसो देखेँ पनि हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ।
झुकेको फूललाई जस्ले जसो थामेँ पनि मुटुको घॉऊ केवल बिझ्ने काडाले बुझेको छ।
जीवनको बाटो जस्ले जसो ठानेँ पनि बॉच्नुको अर्थ केवल राष्ट्रको मायाले बुझेको छ।