सैघाली खबर,
दाङ ३० भदौ।
नारायणपुर उद्योग वाणिज्य संघको भोली शनिवार हुने निर्वाचनमा पञ्जातान्त्रिक व्यवसायिक प्यानलका उमेद्वारहरुलाई मतदान गर्न प्रजातान्त्रिक उद्योगी व्यवसायि संघ नारायणपुरले अनुरोध गरेको छ ।
नयाँ नेतृत्वकालागि भोली शनिवार हुने निर्वाचनमा प्रजातान्त्रिक व्यवसायिक प्यानलका उमेद्वारहरुको चुनाव चिह्नमा अमुल्य मत दिई विजयी बनाउन संघले अनुरोध गरेको हो ।
संघका अध्यक्ष प्रकाशकुमार न्यौपानेले संघको तर्फबाट उमेद्वार बनेका अध्यक्ष पदका उमेद्वार महेन्द्रकुमार दाहाल सहित सम्पूर्ण उमेद्वारहरुलाई मतदात गर्न उद्योगी व्यवसायि मदताताहरुलाई अनुरोध गर्नुभयो ।
यस क्षेत्रको व्यवसायिक हकहित र विकासकालागि संघका उमेद्वारहरु योग्य र सक्षम रहेकाले उहाँहरुको चुनाव चिह्नमा मतदान गरि विजयी बनाउन अनुरोध गर्नुभएको छ ।
यस्तै नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ र कांग्रेस त्रिपुर समितिले पनि प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका उमेद्वारहरुलाई मदतान गरि विजयी बनाउन अनुरोध गरेको छ ।
क्षेत्रिय सचिव बद्रिकुमार खड्का र नेपाली कांग्रेस त्रिपुर नगर सभापति दिपक पाण्डेले पनि आज एक विज्ञप्ती निकालेर कांग्रेसको व्यवसायिक संगठन प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट उमेद्वारहरुलाई मत दिएर विजयी बनाउन अनुरोध गर्नुभएको छ ।
खड्का र पाण्डेले आफनो व्यवसायको सुरक्षा र समग्र नारायणपुर क्षेत्रको विकासकालागि यस संघबाट उमेद्वार बनेका अध्यक्ष महेन्द्र दाहाल सहितका सम्पुर्ण पाधिकारी एवं सदस्यहरुको चुनाव चिह्नमा मतदान गरि विजयी बनाउन सम्पुर्ण व्यवसायी बतदाताहरुमा अनुरोध गर्नुभएको छ ।
शुक्रवार पनि घरदैलोमा
भोली शनिवारको लागि आज अन्तिम दिन पनि प्रजातान्त्रिक प्यानलका उमेद्वारहरुले मतदाताहरुसँग भेटघाट एवं घरदैलो गरेका छन् । अध्यक्ष पदका उमेद्वार महेन्द्र दाहाल सहित सम्पुर्ण उमेद्वारहरुले शुक्रवार पनि व्यवसायीहरुको घर पसलमा पुगेर मत माग्नुभएको छ ।
नारायणपुर उद्योग वाणिज्य संघको ३ वर्षकालागि भोली शनिवार निर्वाचन हुदै छ । विहान ८ बजेदेखी अपराह्न ४ बजेसम्म हुने छ । संघमा ४ सय ५८ मतदाता रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।