वडा प्रहरी कार्यालय घोराहीमा सुर्य पछि अवा



 


सैघाली खबर

दाङ,३० भदौ । वडा प्रहरी कार्यालय घोराहीमा प्रहरी निरिक्षक सूर्यबहादुर थापाको सरुवा भएपछि रक्त स्थानमा कार्यालय प्रमुखका रुपमा प्रहरी निरीक्षक रन्जन अवा आउनु भएको छ । प्रहरी निरिक्षक सूर्यबहादुर थापाको प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा काज सरुवा भए पछि अवा  वडा प्रहरी कार्यालयमा सरुवा भएर आउनु भएको हो ।

वडा प्रहरी कार्यालय घोराहीमा सरुवा भएर आउनु भएका अवाले पत्रकारहरु सँग भेटघाट गर्नु भएको छ । त्यस अबसरमा  प्रहरी निरीक्षक अवाले नगरको शान्ति सुरक्षा कायम गर्न कानुन अनुसार अघि बढ्ने बताउनुभयो ।

अपराध नियन्त्रणका लागि नागरिकले प्रहरीलाई सूचना दिएर सघाउनु पर्ने र आफु त्यसको अपेक्षामा रहेको बताउनुभयो । प्रहरी र नागरिक मिलेरै शान्ति सुरक्षा कायम गर्ने भन्दै उहाले कानुन भन्दा बाहिर नगई जिम्मेवारी निभाउने प्रतिबद्धता जनाउनुभयो ।

नगरको समग्र शान्ति सुरक्षा, बजार व्यवस्थापन, लागु औषध दुव्र्यसनीलाई निरुत्साहीत गर्न आफुले काम गर्ने उहाँको भनाई छ । पत्रकार भेटघाटमा बोल्दै पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रहरी नागरिकको असल मित्र बन्नुपर्ने बताउनुभयो ।नागरिक र प्रहरी एक अर्काका परिपुरक भएको वताउँदै त्यसका लागि सबै मिलेर जानु पर्ने सुझाव दिनुभयो । पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सचिव उदय जि.एम.दाङका उपाध्यक्ष डिल्ली मल्ल लगाएतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्