मोटरसाईकलको ठक्ठरबाट एकको मृत्यु




सैघाली खबर

दाङ ३० भदौ । दाङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तुलसिपुरबाट घोराही तर्फ आउदै गरेको रा २ प ४३९३ मोटरसाईकलले ठक्कर दिदा तुलसिपुर उपमहानगरपालिका ७ मोतिपुरका ६४ बर्षीय गोरे गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटर साईकलको ठक्करबाट गम्भिर घाईते भएका गिरीको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालीका वडा नं.१९ का बसन्त थापालाई ईलाका प्रहरी कार्यालय तुलसिपुरले आफ्नो नियन्त्रणमा लिएको छ । थापालाई यातायात ब्यवस्था ऐन २०४९ अनुसार आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्