मोटरसाईकल ठक्करबाट एक ब्यक्तिको मृत्यु



 

सैघाली खबर 

दाङ ३० भदौ

मोटरसाईकलको ठक्करबाट तुलसीपुरका एक ब्यक्तिको मृत्यु भएको छ । रा २ प ४३९३ नंबरको मोटरसाईकलको ठक्करबाट घाईते भएका तुलसीपुर  ७ मोतिपुरका ६४ बर्षीय गोरे गिरीको उपचारको क्रममा मृत्यु भएको हो ।

तुलसीपुर ६ हात्तिखौवामा दिउसो साढे १ बजे तिर भएको दुर्घटनामा परी घाईते भएका गिरीको राप्ती अञ्चल अस्पतालमा उपचार पछि थप उपचारका लागि कोहोलपुर लगिएको थियो ।  उनको उपचारको क्रममा कोहोलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मोटरसाईकल चालक तुलसीपुर १९ का बसन्त थापालाई प्रहरीले नियणत्रणमा लिएको छ । उनलाई सवारी तथा यातायात व्यवस्था २०४९ अनुसार अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।क्भभल दथ व्बलबप, क्बmष्पकजथबऋजबत ऋयलखभचकबतष्यल भ्लमत्थउभ ब mभककबनभ, २लबmभ।।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्