नारायणपुर उद्योग वाणिज्य संघको मतदान जारी अहिले सम्म एक सय मत खस्यो (फोटो फिचर)



 

सैघाली खबर

दाङ,३१ भदौ । नारायणपुर उद्योग वाणिज्य संघको मतदान प्रकृया जारी रहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा यो समाचार तयार पार्दा सम्म एक सय मत खसेको मतदान अधिकृत प्रबिण लम्सालले जानकारी दिनुभयो । मतदान बेलुकी ४ बजे सम्म जामरी रहने लम्सालको भनाई छ ।


नेपाली कांग्रेसका व्यापारीहरुको तर्फबाट प्राजातान्त्रिक व्यवसायिक प्यानल एवं एमाले जनमोर्चा निकट व्यापारीहरुको तर्फबाट संयुक्त व्यवसायिक प्यानल गरि दुई प्यानलको प्रतिप्रर्धा भएको छ ।

 

प्रजातान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट अध्यक्ष महेन्द्रकुमार दाहाल र संयुक्त व्यवसायिक प्यानलको तर्फबाट दोर्ण केसीको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा उत्रिएको छ ।


संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्ष दोर्णबहादुर केसी, उद्योग उपाध्यक्ष कुलराज खनाल, वाणिज्य उपाध्यक्ष तिलक महरा, महासचिव टिकादत्त खनाल(सागर), सचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा निमलाल खनाल, सदस्यहरुमा नारायण भट्टराई, तिलकबहादुर भण्डारी, गणेश भण्डारी, मित्रलाल बस्नेत, प्रकाश सुवेदी, केशरी विष्ट रहनुभएको छ ।

प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष महेन्द्रकुमार दाहाल, उद्योग उपाध्यक्षमा अभियान बस्नेत, वाणिज्य उपाध्यक्षमा तिलकराम पौडेल, महासचिवमा दिपक सुवेदी, सचिवमा तिलबहादुर रोका, कोषाध्यक्षमा बसन्त न्यौपाने, सदस्यहरुमा निमकुमार चौधरी, धरमबहादुर केसी, अनिलकुमार बस्नेत, सनतकुमार आचार्य, मोहनबहादुर न्यौपाने र रेखा खनाल रहनुभएको छ । नारायणपुर उद्योग वाणिज्य संघमा ४ सय ५८ जना मतदाता रहेका छन्

 

तस्विर जनक नेपाली

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्