जथाभावी होडिङ बोर्डको प्रयोग




जनक नेपाली

दाङ,३१ भदौ । दाङका विभिन्न स्थानमा जथाभावि रुपमा प्रयोग गरिएका होडिङ बोर्डका कारण बजारको शौन्दर्यता हराउदै जान थालेको छ । जिल्लाको घोराही, तुलसिपुर,लमही,भालुवाङ लगाएतका बिभिन्न स्थानमा राखिएका होडिङ बोर्डका कारण बजार क्षेत्रको शौन्दर्यतामाकमी आएको सर्वसाधारणले वताएका छन् । सरकारी कार्यालय भन्दा निजी कम्पनीहरुले आफ्नो व्यापार व्यावसायको प्रचार प्रसारका लागि होडिङ बोर्ड व्यापक मात्रामा प्रयोग गर्दै आएका हुन । जिल्लाको भालुलवाङ बजार देखि तुलसिपुर बजार सम्म हजारौ होडिङ बोर्ड टासिँएको छ । जसकारण कतिपय अस्थामा बोडिङ बोर्डका कारण दुर्घटना समेत निमत्याने गरेको सर्वसाधारणको गुनासो छ ।

भालुवाङ लमही भन्दा घोराही र तुलसिपुर बजार क्षेत्रका अत्याधिक मात्रामा होडिङ बोर्ड प्रयोगका कारण समस्या भएको घोराही १५ का गायत्री थापाले बताउनुभयो । बजार क्षेत्रमा जथाभाबी होडिङ बोर्डको प्रयोग भएको वताउँदै त्यसलाई रोक्नु पर्ने वताउनुभयो । बजारका कुनै पनि घरका छत खाली नभएको वताउँदै त्यसले बजारको शौन्दर्यतालाई बिगारेको वताउनुभयो । दीर्घकालीन रुपमा यसले ठुलो समस्या निम्त्याउने वताउँदै त्यसलाई सबैले रोक्नु पर्ने वताउनुभयो ।

उपमहानगरपालिका संग योजना छैन
घोराही उपमहानगरपालिकाले होडिङ राख्ने या हटाउने बारेमा घोराही उपमहानगरपालिका संग कुनै निति नभएको देखिएको छ । घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी संग टेलीफोनमा कुरा गर्दै हामीले सर्वासाधारणलाई असर पु¥र्याउने गरि राखेका होडिङवोर्ड हटाउन लगाएका छौ उहाँले भन्नुभयो । बाँकी कानुनी प्रकृया पुरा गरेर टासिएका छन् भने हामीले हटाउन मिल्दैैलन उहाँले थप्नुभयो । हामीले हेर्ने भनेको नगरपालिका लाई कर तिरेका छन् या छैनन भन्ने हो त्यस बाहेक अरु हामीले के गर्न सक्छौ ।

बजारको शौन्र्दयतालाई बिगारे पनि होडिङ बोर्ड नराख भन्न कसरी मिल्छ उहाँले थप्नु भयो । त्यसकारण कानुनी प्रकृया आएका छन् या छैनन् कर तिरेका छन् या छैनन भन्ने बारेमा कर शाखा संग बुझनु पर्छ मैले बुझेको छैन चौधरीले भन्नुभयो । अब हामी तत्काल यसबारेमा के हुन्छ छलफल गर्छाै भन्नुभयो ।

 

तस्बिर जनक नेपाली

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्