बिदाको समयमा पनि काममा खटिन बाध्यछन् कर्मचारी



दिपक बोहरा, दाङ ३१ भदौ ।

बिहान ८ बजेदेखि मालपोत कार्यालय तुलसीपुरका कर्मचारीहरु काममा खटिन शुरु गर्छन् । साँझ ५ बजे अन्य सरकारी कर्मचारीहरु घर फर्कन्छन् । तर बिडम्बना मालपोत कार्यालय तुलसीपुरका मालपोत अधिकृत नरेश खड्कासहित त्यहाँ कार्यरत कर्मचारीहरु कार्यालयकै काममा खटिएका हुन्छन् । अझ शनिबार पनि उनीहरु काममै खटिन बाध्य हुन्छन् ।

दरबन्दी अनुसारका कर्मचारी नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले थप समय काम गर्नुपर्ने बाध्यता रहेको मालपोत अधिकृत खड्काले बताए चालु आर्थिक वर्षको साउनदेखि नियमित साँझ ५ बजे देखि ६ बजेसम्म र बिहान ८ बजे देखी १० बजेसम्म थप सेवा दिईरहेको अधिकृत नरेश खड्काले बताए । ‘कर्मचारीको अभाव छ’ उनले भने– ‘त्यसैले हामी बिहान र साँझ थप समय छुट्याएर काम गर्न बाध्य छौं ।’
कार्यालयमा ३० जनाको दरबन्दी आवश्यक पर्ने भएपनि अहिले १४ जनाको मात्रै दरबन्दी हुँदा आफूहरुलाई काम गर्न समस्या भएको उनले बताए ।

उनका अनुसार अहिले साँझ र बिहानको थप समयमा अव्यवस्थित रुपमा रहेका तामेली शाखाका लिखतहरुलाई व्यन्डिङ गरेर व्यवस्थित गर्ने काम भईरहेको मालपोत अधिकृत खड्काले बताए । ‘भदौ महिना भित्रै हामीले तामेली शाखाका लिखतहरु व्यान्डिङ गरि सक्छौ’ उनले भने– ‘त्यसको काम सकिए लगत्तै जग्गा रोक्काका ठेली व्यबस्थापन गर्ने छौं ।’

अहिले १० देखि ५ बजेसम्म सेवाग्राहीको सेवा गरिने र अन्य समयमा कर्मचारीको अभावमा गर्न नभ्याएको पुरानो आन्तरिक व्यवस्थापनको काम गरिरहेको अधिकृत खड्काले बताए । कर्मचारीकै अभावमा अहिले मालपोत कार्यालयका तामेली, दर्ता, चलानी, फाँटवाला लगायतका फाँटहरु कार्यालय सहयोगीको भरमा चलिरहेको अधिकृत खड्काले बताए ।

यी फाँटहरु जग्गासम्बन्धी अभिलेख राख्ने महङ्खवपूर्ण फाँट हुन, तर आवश्यक कर्मचारी नुहँदा बाध्य भएर कार्यालय सहयोगी राख्नुपर्ने बाध्यता रहेको मालपोत अधिकृत नरेश खड्काले बताए ।

‘दरबन्दी अनुसारका कर्मचारी छैनन्’ उनले भने– ‘जसले गर्दा सेवाग्राहीले सहज सेवा पाउन सकेका छैनन् ।’ ती फाँटहरुमा नायब सुब्बा, खरिदार सरहका कर्मचारीले काम गर्नुपर्ने भएपनि अहिले कार्यालय सहयोगीले सञ्चालन गरिरहेकाले जिम्मेवार बन्न नसकेको अधिकृत खड्काले बताए ।

उनले भने– ‘कार्यालय सहयोगीहरुले ती फाँटहरुमा काम गर्दा केही त्रुटिहरु पनि हुने सम्भावना हुन्छ ।’ उनले थपे– ‘उनीहरुबाट केही गल्ती भयो भने त्यसको जिम्मेवारी मैले लिनुपर्छ ।’
आवश्यक दरबन्दी छैन्
दाङका तीन मालपोत कार्यालय भन्दा ठूलो क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको मालपोत कार्यालय तुलसीपुरमा न्यून दरबन्दी हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

अधिकृत खड्काका अनुसार २०७१ चैतमा स्थापना भएको कार्यालयले साविकका दुईवटा निर्वाचन क्षेत्रमा सेवा प्रदान गर्दै आएको थियो भने मालपोत कार्यालय घोराही र लमहीले अन्य तीनवटा निर्वाचन क्षेत्रमा सेवा प्रदान गर्दै आएको थियो । उनले भने– ‘तुलसीपुर, घोराही र लमहीको मालपोतमध्ये तुलसीपुरले धेरै क्षेत्रफलको सेवा प्रदान गर्दै आइरहेको छ ।

’ तर सबैभन्दा कम दरबन्दी तुलसीपुरमै रहेको उनको भनाई छ । तर मालपोत तुलसीपुरमा जम्मा १४ जनाको दरबन्दी मात्रै छ, भने घोराहीमा २९ र लमहीमा २६ दरबन्दी रहेको उनको भनाई छ ।

नयाँ संरचना अनुसार पनि मालपोत तुलसीपुरले चारवटा स्थानीय तह हेर्नु पर्छ, भने घोराहीले तीन र लमहीले तीन स्थानीय तह मात्रै हेर्नुपर्छ अधिकृत खड्काका अनुसार मालपोत कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका सहित शान्तिनगर, दंगीशरण र बबई गाउँपालिका हेर्नुपर्ने छ ।

त्यस्तै मालपोत घोराहीले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका हेर्नेछन् भने लमहीमा रहेको मालपोत कार्यालयले लमही नगरपालिकासहित राजपुर, गढवा र राप्ती गाउँपालिकालाई हेर्ने छन् । अहिले तीन कर्मचारीले गर्ने काम एकजना कर्मचारीले मात्रै गर्नुपर्ने बाध्यता रहेको अधिकृत खड्काले बताए । उनले भने– ‘मोठ श्रेष्तामा तीनजना कर्मचारी चाहिन्छ तर अहिले एकजनाले मात्रै काम गर्नुपर्ने बाध्यता रहेको छ ।’

अधिकृत खड्काका अनुसार अहिले मालपोत कार्यालय तुलसीपुरमा एकजना मालपोत अधिकृत, चारजना नासु, तीनजना खरिदार, दुईजना कम्प्युटर अपरेटर, एकजना सह–लेखापाल र तीनजना कार्यालय सहयोगी कार्यरत छन् ।

यी कर्मचारीले दैनिक मालपोत आउने तीन÷चारसय सेवाग्राहीलाई सेवा प्रदान गर्न समस्या हुने गरेको अधिकृत खड्काले बताए । सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न ३० जना कर्मचारी आवश्यक पर्ने अधिकृत खड्काले बताए ।

मालपोत कार्यालय तुलसीपुरमा आवश्यक कर्मचारी माग गर्न यहाँका राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवाला निकायले पहल थाल्नु पर्ने उनको भनाई थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्