साहित्य/कला

“तस्वीर”

By थाहा अनलाइन

July 13, 2019

सुश्मा तिमल्सिना।

सिमसिम पानी परिरहेको बेला ! सिरसिर हावा चलिरहेको बेला ! मन उडिरहेकाे थियो जस्तो कि हावा ले पानी लाई उडाइरहेकाे थियो । एकभारी को मन, आँखा बाट झर्न लागेका आँशूहरु बोक्दै म फुत्त बाहिर निस्केर एक वित्ता मात्र हिडेकी थिएँ । उसको तस्वीर मेरै अगाडी टक्क रोकिएको थियो । मेरा आँखा पनि हट्न मानेनन् । पहिलो चोटी उसलाई जस्तो देखेकी थिएँ । आज पनि ऊ उस्तै थियो । उसको मौन बस्ने बानी छ । म उसको मौनता ले डराइरहन्छु । उसको नजिक गएर उसको आँखा पढें । मन मा अटेसमटेस भइ छतल्किरहेको मेरो पीडा एक थोपा आँसु सहित उसका अघि तप्प चुइयो । उसको मुस्कुराइरहेको तस्वीर हेरें अनि आफैं लाई पागल ठहराएँ । यो त भित्ता मा टाँसिएको तस्वीर हो तर पनि खै किन म उसलाई असाध्यै प्रेम गर्छु।