युवा जनस्वयमसेवक दाङको अध्यक्ष विरेन्द्र विक



सैघाली खबर

दाङ, ३१ भदौ ।  विरेन्द्र विकको अध्यक्षता ४५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गर्दै आज राष्ट्रिय युवा जनस्वयमसेवक दाङको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । तुलसीपुरमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा निम बहादुर डाङी, सचिवमा मनोज परियार, सहसचिवमा पछि पुर्ति गर्ने कोषाध्यक्षमा शेरु परियार चयन हुनुभएको छ । निवार्चित गरेको छ । निर्वाचित कार्यसमितिलाई बधाई मन्तव्य दिदै नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सेक्रेटरी सविनले दंगाली कम्युनिस्ट आन्दोलनको सन्दर्भमा हिजोको कार्यक्रम एेतिहासिक भएको बताउनुभयो । उक्त कार्यक्रमले दलालहरुलाई खबरदारी समेत गरेको बताउनुभयो । उहाँले एकीकृत जनक्रान्तिलाई अगाडि बढाउन युवाहरूको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै निर्वाचित सम्पूर्ण टिमलाई बधाईज्ञापन दिनुभयो ।

 

राष्ट्रिय युवा जनस्वयमसेवक दाङका नवनिर्वाचित अध्यक्ष विरेन्द्र विकको अध्यक्षतामा भएको समापन कार्यक्रममा सम्पूर्ण निर्वाचित कार्यसमितिलाई नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्यूरो सदस्य तिलक पुनले पनि बधाई मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन नवनिर्वाचित कार्यसमिति सदस्य मनोज परियारले गर्नुभएको थियो । त्यो भन्दा अगाडि भएको बन्दसत्रमा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो सदस्य सितल, राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो संयोजक पाटन लगायतले प्रशिक्षण दिनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्