ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा



सैघाली खबर,
काठमाणडौ ३१ भदौ।

सरकारले पर्याप्त शान्ति सुरक्षाको व्यवस्था मिलाएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन प्रदेश नम्बर दुईका मतदातालाई आव्हान गरेको छ।

गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी गरी चार घेरामा सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्धक्क मतदानमा सहभागी भएर मताधिकार प्रयोग गर्न आव्हान गरेका हुन्।

मौन अवधिमा अबलम्बन गर्नुपर्ने सुरक्षा सजगता तर्फ गृह प्रशासन गम्भीर एवं सचेत रहेको उनले बताए। शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले दुई नम्बर प्रदेशलाई लिएर संविधान कार्यान्वयन र निर्वाचनका सम्बन्धमा उब्जिएका कयौं प्रश्नको जवाफ अब त्यहाँका मतदाताले मतदान मार्फत दिने बताए।

सरकारले आचारसंहिता पालना गरेको दाबी गर्दै उनले केही व्यक्तिले उल्लंघन गरेको भए त्यो निर्वाचन आयोगको जिम्मेवारी र क्षेत्राधिकार भित्र पर्ने उल्लेख गरे।

उनले सुरक्षा व्यवस्था मिलाउने मुख्य जिम्मेवारीमा सरकार सचेत र दृढ रहेको स्पष्ट पार्दै ढुक्क भएर मतदानमा सहभागी हुन प्रदेश नम्बर दुईका आम मतदातालाई आव्हान गरे।
प्रदेश नम्बर दुईमा स्थानीय तह निर्वाचनको तेश्रो चरण अन्तर्गत आगामी सोमबार मतदान हुँदैछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्