मुख्य समाचार

सञ्जीवनीमा स्वागत कार्यक्रम

By थाहा अनलाइन

September 16, 2017

सैघाली खबर, भाद्र ३१ दाङ

नेपाल सञ्जीवनी नर्सिङ् कलेज घोराही दाङमा  प्रथम वर्षका छात्राका लागि स्वागत तथा दसै मिलन कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत प्रथम वर्षका छात्राका स्वागतका लागि कलेजले यस्तो कार्यक्रमको आयोजना गरेको हो । कलेजकी प्रिन्सिपल रेश्मा थापाकोे सभापति तथा व्यवस्थापन समितिका सदस्य देवा रजौरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रजौरेले विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा सहभागी बनाएर उनीहरुको प्रतिभा उजागर गर्नु आजको आवश्यकता रहेको बताउनुभएको थियो । साथै यस्ता क्रियाकलापलाई कलेजले पढाइसँगै अगाडि बढाउने बताउनुभयो । ‘यहाँका विद्यार्थीको बहुमुखी विकास गर्नु नै हाम्रो उद्देश्य हो, पढाइका अतिरिक्त विद्यार्थीहरुले आफ्ना प्रतिभालाई प्रष्फुटन गराउने थलोको रुपमा कलेज सहायक बन्ने छ ।’ प्रमुख अतिथि रजौरेले भन्नुभयो ।

कार्यक्रममा प्रथम वर्षका छात्राहरुले ‘फेसन सो’ गरेका थिए । फेसन सोका क्रममा विद्यार्थीहरुले विभिन्न जातिको संस्कृति झल्काएका थिए । साथै कार्यक्रममा छात्राहरुले विभिन्न गीत पनि गाएका थिए ।

प्रदर्शित फेसन सोमा ‘मिस फेसन’का रुपमा चिज कुमारी मगरले उपाधि जितेकी थिइन् ।कार्यक्रममा आस्था देवकोटा, सुनिता रोका, चिजकुमारी मगर,नमुना बुढा लगायतले गीत गाएका थिए ।

कार्यक्रममा शिक्षक आदिम के।सी। शिक्षिका मनिला श्रेष्ठ, ज्योति राई, सुमी गुरुङ, कमला पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण छात्रा निरुता आर सी र दिव्या गौतमले गरेका थिए ।