नागरीकलाई राज्यको अनुभुति प्रहरीले गराउँछ ए.आर्इ जि. लामा



सैघाली खबर
दाङ,३१ भदौ ।सौडियार सामुदायिक अध्ययन केन्द्रको तेस्रो अधिवेसन तथा साधारण सभाको सौडियारमा सम्पन भएको छ । अधिवेशनले
चन्द्रप्रशाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ,। जसको सदस्यहरुमा ऋषिराज रेग्मि, शुभद्रा भण्डारी, कविराम खत्रि रहनु भएको छ । अधिबेशनको उद्घाटन पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजि मिङमारा लामाले गर्नु भएको थियो । कार्यक्रमो उद्घाटन गर्दै लामाले प्रहरीलाई नागरीक मैत्रि बनाउने काम भएको वताउनुभयो ।लामाले नागरीकलाई राज्य भएको अनुभुति गराउने काम प्रहरीको भएको भन्दै जसको कोही हुदैन त्यसको राज्य हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेकोसमेत बताउनु भयो । महीला तथा वालवालिकालाई घरपरीवारमा सम्मानपुर्वक जिउने वातावरण सबैले बनाउनुपर्ने भन्दै उनिहरुमाथि हिंसा गर्नेलाई प्रहरीले कडा कारवाही गर्ने चेतावानी दिनु भयो ।

 

अध्ययन केन्द्रका अध्यक्ष चेतु भण्डारीको अध्यक्षतामा भएको अधिवेसन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उहाले महीला तथा वालवालिकाले कुनै पनि हिंसाको सिकार नहुने गरी वातावरण निर्माण गर्दै जानुपर्ने भन्दै हिंसा न्युनिकरणका लागि सचेतना आवश्यक पर्ने धारणा राख्नु भयो । त्यस अबसरमा बोल्दै दाङ प्रहरी प्रमुख एसपि दुर्गा चन्द सिँह, महिला मानवअधिकारकर्मि लक्ष्मि आचार्य, नेपाल महीला सामुदायिक सेवा केन्द्रकि अध्यक्ष विमला योगि र महीला तथा वालवालिका कार्यालय दाङकी प्रमुख विष्णुमणि जोशीको विशिष्ट आतिथ्यतामा अधिवेसनको उद्घाटन कार्यक्रम भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्