मुख्य समाचार

असली लोकतन्त्र रुकुममा आएको छ प्रचण्ड

By थाहा अनलाइन

September 16, 2017

 

 

 

 

 

 

 

 

सैघाली खबर

रुकुम ३१ भदौ, रुकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुकुममा असली लोकतन्त्र आएको टिप्पणी गर्नु भएको छ ।पूर्वी रुकुमको रुकुमकोटमा शनिबार आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले रुकुमेली जननताले सिङ्गो नेपाललाई उत्साहित वनाएको बताए । उनले भने, विपक्षीहरुले रुकुममा लोकतन्त्र नआएको भन्छन् । तर, म भन्छु रुकुममा असली लोकतन्त्र आएको छ ।’

रुकुमका सबै स्थानीय तह माओवादी केन्द्रले जितेको छ । चुनावी परीणाम सार्वजनिक भएपछि एमाले अध्यक्ष ओलीले रुकुममा अझै लोकतन्त्र आएको रहेनछ भनेर टिप्पणी गरेका छन् ।माओवादी अध्यक्ष प्रचण्ड आफूहरुले चलाएको जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार भएको बताए । ‘कसैले माने पनि नमाने पनि यी स्थानीय तह हिजोका जनसत्ता नै हुन्’ उनले भने, तपाईहरु राम्रोसँग वुझ्नु होला । अनि काम पनि त्यसरी नै गर्नुहोला ।’पहिलो संविधानसभामा पहिलो पार्टी रहेको माओवादीले आफ्नै अहंकारले तेस्रो बनेको बताउँदै उनले भने, ‘अहिले तपाईहरुले स्थानीय सरकार चलाइरहनु भएको छ, दम्भ नदेखाउनु होला ।’आफू मधेसको चुनावी अभियानबाट आएको भन्दै प्रचण्डले मधेस अहिले माओवादीमय भएको दाबी गरे । उनेल भने, ‘पार्टी एकता भएदेखि सकारात्मक सन्देश गएको छ, तपाईहरु पनि त्यसरी नै जुट्नुहोला ।’