पुर्व सेना प्रमुख कटुवाल दाङ आउँदै




शरद रेग्मी
दाङ ३१ भाद्र । युवाहरुलाई प्रोत्सहित गरी स्वदेशमै युवा उद्यमी उत्पादन गर्ने उदेश्यका साथ तुलसीपुरमा मोटिभेसन कार्यक्रम हुने भएको छ । आयोजक संस्था नागरिक समुह काठमाण्डौले आज तुलसीपुरमा पत्रकार भेटघाटको आयोजना गरि उक्त कुराको जानकारी गराएको हो । नागरिक समुहको मुख्य आयोजनामा अशोज २ गते तुलसीपुरको ओम शान्ति हलमा हुने मोटिभेसन कार्यक्रम हुने भएको हो ।

 

कार्यक्रममा पुर्व सेना प्रमुख रुक्माङगत कटवाल , दृष्टि बिहिन सृष्टि केसी , रविन कटवाल , मेनका थापा , निगम हुमागाई लगाएतका प्रशिक्षकहरुले युवाहरुलाई प्रशिक्षण दिने आयोजकले बताएको छ तुलसीपुरमा हुने कार्यक्रम सम्पन्न गर्नका लागी स्थानिय आयोजकका रुपमा तुलसीपुर उद्योग बाणिज्य संघ रहेको छ भने मिडिया पार्टनरका रुपमा रिपोटर्स क्लब दाङ लाई जिम्मेवारी दिईएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्