सुनपुरमा श्रीमद् देवी भागवत ज्ञानमहायज्ञ हुने



फोटो फाईल

सैघाली खबर
दाङ, ३१ भदौ । स्थानिय विद्यालय र मन्दीरको भौतिक विकासका लागि घोराही ४ सुनपुरमा श्रीमद् देवी भागवत ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुरमा रहेको आधारभुत विद्यालय, शिव मन्दीर भकारे र देवी मन्दीर सुनपुरको भौतिक विकासका लागि श्रीमद् देवी भागवत ज्ञानमहायज्ञ सञ्चालन हुने भएको हो ।यहि असोजको ५ गते देखि १३ गते सम्म श्रीमद् देवी भागवत ज्ञानमहायज्ञ सञ्चालन हुने मुल आयोजक समितिका अध्यक्ष पवित्रा रानाले जानकारी दिनुभयो । सुनपुरमा रहेका सार्वजनिक सम्पदाहरुको भौतिक निर्माण, सुधार र विकासका लागि श्रीमद् देवी भागवत ज्ञानमहायज्ञको आयोजना गरेको मुल आयोजक समितिले बताएको छ । ९ दिन सम्म सञ्चालन हुने महायज्ञमा पण्डित कोमल उपाध्यायले देवी भागवत महापुराणमा कथा बाचन गर्ने कार्यक्रम रहेको आयोजक समितिका सदस्य उमेश विकले जानकारी दिनुभयो ।

श्रीमद् देवी भागवत ज्ञानमहायज्ञको पहिलो दिन आसोज ५ गते भब्य कार्यक्रमको आयोजना गरी उद्घाटन गरीने भएको छ । त्यसका लागि विभिन्न स्थानबाट झाकि जुलुस, कलश सहितको शोभा यात्रा निकालिने आयोजक समितिले बताएको छ । साथै महायज्ञ अबधी भर विभिन्न राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती राखिने आयोजकले व्यवस्था मिलाएको छ । आधारभुत विद्यालय सुनपुरको प्राङगणमा हुने महायज्ञको सम्पुर्ण तयारी तिव्र पारिएको छ । आयोजक समितिका अनुसार श्रीमद् देवी भागवत ज्ञानमहायज्ञमा तुलादान, भुमिदान, अन्न दान, नगद दान गर्न सकिने छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्