नारायणपुर उद्योग वाणिज्य संघको अध्यक्षमा दाहाल




सैघाली खबर
दाङ, १ असोज । नारायणपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रजातान्त्रिक प्यानलका महेन्द्रकुमार दाहाल निर्वाचित हुन भएको छ । गएराति सम्पन्न मतगणना अनुसार दाहालले २ सय ९१ मत प्राप्त गरि अध्यक्षमा विजयी हुन भएको हो । उहाँका प्रतिस्प्रर्धी संयुक्त व्यावसायीक प्यानलका दोर्णबहादुर केसीले भने १ सय ४१ मत मात्र प्राप्त गरेको निर्वाचन प्रमुख प्रविण लम्सालले जानकारी दिनुभयो ।

 

यस्तै उद्योग उपाध्यक्ष अभियान बस्नेतले २ सय ८२ उहाँका प्रतिस्प्रर्धी कुलराज खनालले १ सय ५० , वाणिज्य उपाध्यक्ष तिलकराम पौडेल२सय ६४ , तिलक महराले १ सय ६४ ,महासचिव दिपककुमार सुवेदी २ सय ९३ टिकादत्त खनाल सागरले १ सय २५ ,सचिव तिलबहादुर रोका तिलकले २ सय २८ , शिव श्रेष्ठले १ सय ९०, कोषाध्यक्ष बसन्त न्यौपानेले २ सय ६९ , निमलाल खनालले १ सय ४८ मत प्राप्त गर्नु भएको छ । यस्तै सदस्यहरुमा प्रजातन्त्रिक प्यानलका तर्फबाट , निमकुमार चौधरी २ सय ३४, धरमबहादुर केसी अनिलकुमार बस्नेत २ सय ११ , सनतकुमार आचार्य २ सय ९४, मोहनबहादुर न्यौपाने २ सय १० , रेखा खनालले २सय १९ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

 

युक्त प्यानलको तर्फबाट नारायण भट्टराई लेकिनले १ सय ८५, तिलक भण्डारी १सय ६२ , गणेश भण्डारी १ सय १९ , मित्रलाल बस्नेत १ सय ५४, प्रकाश सुवेदी १ सय ४४, केशरी विष्टले १ सय २४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिनुभयो । कुल ४ सय ५८ मत मध्य ४ सय ४० मत खसेको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्