पिकअफ भ्यानले र कारलाई ठक्कर दियो




सैघाली खबर
दाङ, १ असोज । घोराही स्थित दामोदर चोकमा पिकअफ भ्यानले कारलाई ठक्कर दिएको छ । लु १ च ५६६२ नम्बरको पिकअफ भ्यानले बा १३ च ६२८ नम्बरको कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिपको ठक्करबाट कारको अगाडीको भागमा पुर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनाका कारण कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा कारण अबरुद्ध भएको दामोदर चोक अहिले पूर्ण रुपमा सुचारु भै सकेको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्