टुक्रे योजनाले बिकासको गतिलाई अघि बढाउन सक्दैन थपलिया



 


सैघाली खबर
दाङ,१ असोज । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानिय तहहरुले प्राथमिकताका आधारमा बिकासका एजेण्डालाई अघि सार्नुपर्ने बताउनुभएको छ । सामाजिक परिवर्तनका लागि कार्यशिल अभियान अन्तरगत घोराहीमा भएको आह्वान कार्यक्रममा बोल्दै सचिब थपलियाले घोराही उपमहानगरपालिकाले यहाँको बस्तुस्थितीका बारेमा बिश्लेषण गरिप्राथमिकताका आधारमा बिकासमा अघि बढ्नु पर्ने बताउनुभयो ।टुक्रे योजनाले अब बिकासको गतिलाई अघि बढाउन नसक्ने भएको भन्दै उहाँले पहिचान र प्राथमिकताको क्षेत्रमा देखिने गरी लगानी बढाउनु अहिलेको आबस्यकता भएको बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जनताले र संबिधानले दिएको काम कर्तव्यलाई पुरा गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयमा सुमन घिमिरेले स्थानिय तहको अधिकार र अबस्थाका बारेमा जानकारी दिनुभएको थियो भने सहजिकरण शाखाअधिकृत शुबोध रेग्मीले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्