मुख्य समाचार

अपहरणमा परेका थवाङ गाउँपालिका अध्यक्ष घर्तीलाई परिवारको जिम्मामा

By थाहा अनलाइन

September 17, 2017

सैघाली खबर दाङ, १ असोज । अपहरण परेका थवाङ गाउँ पालिका अध्यक्ष विरबहादुर घर्तीको आज परिवारको जिम्मा लगाईएको छ । उहाँको परिवारलाई जिल्ला प्रहरी कार्यालय रोल्पामा बोलाएर परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डि.एस.पि विरेन्द्र थापाले जानकारी दिनुभयो । थबाङ गाउँपालिका अध्यक्ष विरबहादुर घर्ती २९ गते राती करिव ११ बजेतिर थबाङकै कोइजाबाङबाट नेकपा विप्लबका कार्यकर्ताहरुले अपहरण गरेका थिए । अध्यक्ष बीरबहादुर घर्ती मगरलाई ३१ रोल्पा नगरपालिका वडा नं. १० धबाङको भनभनेबाट साँझ ६ः३० बजे मुक्त गरेका हन ।पत्रकारहरुको रोवहरमा करिव ६ः३० बजे विना शर्त रिहाई गरेको अपहरित विरबहादुर घर्तीले वताउनुभयो । उहाँलाई थबाङबाट धबाङसम्म करिव ३ दिनपछि मुक्त गरेका हुन ।

 

अपहरण मुक्त भएपछि रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीलाई जिम्मा लगाइएको थियो । थबाङ प्रथम गाउँसभाको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रमलाई विथोल्न अपहरण गरिएको प्रहरी श्रोतले जनाएको छ । सुरक्षा श्रोतका अनुसार अपहण नेकपाले नै गरेको हुन सक्ने अनुमान गरेको थियो । जस अनुसार थबाङबाट आफूहरुले नियन्त्रणमा लिएको नेकपाले ३० गते एक वक्तव्य जारी गरेर जानकारी दिएको थियो । गाउँपालिकाको अध्यक्षको अनुस्थितिमा समेत पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा गाउँसभा सम्पन न भएको छ ।