चुनावका लागि विशेष सुरक्षा सतर्कता, सीमा नाका बन्द



सैघाली खबर
काठमाडौं,१ आश्विन

 

प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माले निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको बताउनुभयो । सुरक्षा व्यवस्थामा कहींकतै कमजोरी नहुने भन्दै शर्माले ढुक्क भएर मतदाताहरु मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको बताउनुभयो । सरकारले भारतसँग जोडिएका सीमा नाकासमेत बन्द गरेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । आवश्यक परे यो संख्या बढ्नसक्ने गृहमन्त्री शर्माले बताउनु भयो । निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन हुने समयभन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको गृहमन्त्रालयले जनाएको छ । प्रदेश २ काआठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्