आज विज्ञान दिवस मनाइँदै



सैघाली खबर
काठमाडौं,१ आश्विन

आज विज्ञान दिवस मनाइँदैछ । परम्परागत शैलीमा केही कार्यक्रम गरेर विज्ञान दिवसको पाचौँ संस्करणको औपचारिकता पूरा गरिने भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, हाजिरी जवाफ प्रतियोगिताका विजयी समूह र यस वर्षका लागि विज्ञान दिवसको नारा लेख्ने दुई जनालाई पुरस्कृत गरेर विज्ञान दिवस मनाउन लागेको छ ।

 

पाँच वर्षअघि सुरु गरिएको विज्ञान दिवस नागरिक स्तरसम्म पुग्नै सकेको छैन ।सरकारले चालू आर्थिक वर्षमा विज्ञान मन्त्रालयका लागि करिब एक अर्ब २० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटको करिब ९० प्रतिशत रकम कर्मचारीको तलबभत्ता र प्रशासनिक प्रयोजनमा नै खर्च हुने गरेको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा राजधानीको अमृत साइन्स क्याम्पस स्थापना भएको दिनको स्मरणमा विज्ञान दिवस मनाउने सरकारी निर्णय भएको थियो । तर, अन्तराष्ट्रिय स्तरमा भने संयुक्त राष्ट्रसङ्घीय निकाय युनेस्कोको पहलमा सन् २००२ देखि प्रत्येक वर्ष नोभेम्बर १० लाई ‘विज्ञान दिवस’को रूपमा मनाउने गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्