पुरुषबाट यस्ता आपेक्षा राख्छन् महिला



श्रीमती हुन या प्रेमिका, असल महिला मित्र नै किन नहोउन्, तपाई पुरुषसँग उनीहरुका केही अपेक्षा हुन्छन् । महिलाले पुरुषसँग राख्ने धेरैजसो अपेक्षा भावनासँग जोडिएका हुन्छन् ।

अखिर महिलाले पुरुषबाट के अपेक्षा राखेका हुन्छन् त रु यो आलेखमा हामीले महिलाले पुरुषबाट राख्ने अपेक्षाबारे उल्लेख गरेका छौं ।

१। यदि दुईजना कुरा गरिरहनुभएको छ भने आफ्नी महिलाको कुराहरु सुन्नुहोस् । यसो गर्नुभयो भने भावनालाई कदर गरेको जस्तो देखिन्छ ।

२।महिलाहरु खराब मुडमा हुनुको कारण जहिले पनि महिनावारीको समस्या होइन भन्ने तथ्य पुरुषहरुले पहिल्याउन सक्ने हुनुपर्छ ।

३।पुरुषहरुमा भावनात्मक गुणको विकास । तर, यसो भन्नाले महिलाहरु पुरुषहरु रोएको हेर्न चाहन्छन् भन्ने होइन, मात्र पुरुष महिलाप्रति बढि संवेदनशील हुन् भन्ने चाहना हो ।

४। पुरुषहरुले आफ्नो मनको सबै भावनाहरु बाँडुन् भन्ने चाहना । पुरुषहरुले आफूलाई धेरै कुरा गरोस् भन्ने चाहना महिलाहरुको हुन्छ ।

५। पुरुषले आफ्नो परिवार र साथीभाइसँग शिष्ट व्यवहार देखाओस् भन्ने चाहना प्रत्येक महिलाको हुन्छ किनभने महिलाले पनि त्यस्तै व्यवहार गरिरहेका हुन्छन् ।

६। कहिलेकाँही आफ्नी महिलाको लागि खाना बनाइदिने । महिलाहरुलाई विशेष अवसरहरुमा केहि अचम्म भएको मन पराउँछन् ।

७। तपाईंको पुरुषत्वले तपाईंले चलाउने गाडीसँग केहि सम्बन्ध राख्दैन । गाडि जहिले पनि ठिक्कको गतिमा चलोस् भन्ने महिलाहरुको चाहना हुन्छ ।

८। आफ्नी महिलाप्रति रक्षात्मक हुनुहोस् उनमा अधिकार नजमाउनुहोस्, यसलाई मन्त्रजस्तै बनाउनुहोस् ।

९। आफ्नो पुरुषले माया गर्ने कुरा प्रचार गरोस् भन्ने कुरा महिला चाहन्छन् र उनीहरुले माया कसरी उजागर गर्ने र देखाउने भन्ने कुरा पुरुषहरुमा नै छोड्ने गर्दछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्