खेलकुद

हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन, यू-१९ एसिया कपका लागि छनौट

By थाहा अनलाइन

September 17, 2017

सैघाली खबर, काठमाडौं १ असोज,। यू(१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा हङकङ ५ विकेटले पराजित भयो ।

उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू(१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।

मलेसियास्थित बायुमास ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४।४ ओभरमै पूरा गर्‍यो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । सेमिफाइनलमा अर्धशतक प्रहार गरेका ओपनर सन्दीप सुनारले १९ रन बनाए भने अर्का ओपनर आसिफ शेखले १ रनमात्र बनाउन सके ।

तेस्रो नम्बरका ब्याट्सम्यान अनिल कुमार साहले १६ रन नेपालको खातामा जोडे । प्रनित थापामगरले अविजित १९ रन बनाए । बलिङमा हङकङका करनदीप सिंहले ३ तथा झाथवेद एस एसले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२।१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो ।

उसका हरप्रित सिंहले २० रन बनाए भने झाथवेद एस एसले १६ र वक्सास खानले १५ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा साहब आलम र सन्दिप लामिछानेले ३र३ विकेट लिए भने अनिलकुमार साह र दिपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए ।