सभाको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवार टुंग्यायो



सैघाली खबर,
जाजरकोट १ असोज । नेकपा ९माओवादी० केन्द्रले आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि जाजरकोटमा उम्मेदवार छनौट गरेको छ । जिल्ला कमिटिको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार छनौट गरेको हो ।

माओवादी केन्द्रबाट प्रतिनिधि सभाका लागि पूर्वगृहमन्त्री एवं सचिवालय सदस्य शक्तिबहादुर बस्नेतलाई छनौट गरिएको छ । त्यस्तै प्रदेश सभाका लागि जाजरकोट क्षेत्र नं १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नं २ बाट नरबहादुर कार्कीको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ। कार्की सकारात्मक सोच तथा समाज रुपान्तरण अभियानका अभियन्ता हुन् ।

प्रतिनिधि सभाका लागि बस्नेत र प्रदेश सभाको क्षेत्र नं २ का लागि कार्कीको नाम निर्विरोध रुपमा प्रस्ताव गरिएको थियो । तर प्रदेश सभाको क्षेत्र नं १ का लागि भने उम्मेदवारको टुङ्गो लगाउन निकै सकस परेको थियो ।

पुर्व सभासद मायाप्रसाद शर्मा आचार्य र उनकै भाई रामदीप आचार्यले टिकटको दावी गरेपछि बैठकमा दुई दिन सम्म निकै रस्साकस्सी चलेको थियो । तर गणेशप्रसादले कुनै हालतमा टिकट आफूले पाउनुपर्ने अडान लिएपछि दुई आचार्य भाई पछि हटेका थिए ।

आचार्यलाई समानुपातिकमा समेट्ने गरी सहमति गरिएको छ । जाजरकोटमा प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र कायम गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्