तुलसीपुर उपमहानगरद्धारा सुत्केरी भत्ता वितरण सुरु 



सैघाली खबर,तुलसीपुर,१  असोज । 

तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु सुरक्षा तथा पोषण भत्ता कार्यक्रमको सुरुवात गरेका छ । स्वस्थ आमा , स्वस्थ शिशु, स्वस्थ परिवार देश विकासको मुल आधार भन्ने सोचका साथमा कार्यक्रमको सुरुवात गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सुत्केरी महिलाहरुलाई राहत रकम हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।

कार्यक्रममा बोल्दै मेयर पाण्डेले भत्ता वितरणले मातृशिशु मृत्युदरमा कमी आउन वताए उनले मान्छेको सम्पुर्ण जीवनमा शिशु अवस्थाको महत्वपुर्ण भुमिका हुने भएकाले बालकालिकाको उचित लालन पोषणमा सहायता पुगोस् भन्नका लागि कार्यक्रमको सुरुवात गरिएको वताउनु भयो ।

कार्यक्रममा वोल्दै जनस्वास्थ्य कार्यालय तुलसीपुरका प्रमुख विष्णु पोख्रेलले नियमित स्वास्थ्य चेकजाच,अस्पतालमा वच्चा जन्मेको प्रमाण, समय समयमा खोप लगाएको कागज, जन्म दर्ता लगायतका कागजातहरु ल्याएर भत्ता लिन सक्ने वताउनु भएको थियो । यसै आर्थिक वर्षको साउन १ गते देखि सुत्केरी भएका महिलाहरुलाई प्रोत्साहन स्वरुप ५ हजार दिने घोषणा गरिएको थियो ।

आइतवार ३६ जनालाई कार्यालयबाट भत्ता वितरण गरिएको थियो । कार्यक्रमको सुरुवातसँगै १९ वटै वडाबाट भत्ता वितरण हुने पनि नगरप्रमुख पाण्डेले वताउनु भयो ।

तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको वैठकले सुत्केरी स्याहार प्रोत्साहन भत्ता कार्यविधि पारित गरेसँगै सुत्केरी भत्ता वितरणको कानुनी बाटो खुलेको थियो ।

कार्यपालिका सदस्य जानका रेग्मीको अध्यक्षतामा वसेको कार्यक्रममा कार्यकारी अधिकृत टोपेन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सुचना अधिकारी झरेन्द्र खरेलले गर्नुभएको थियो ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्