जुवातास र रक्सीलाई नियन्त्रण गर्न सुझाव



लिलाधर वंली
दाङ असोज १

चाडपर्वमा हुने द्वन्द न्यूनिकरण र शान्ति स्थापनामा आउन सक्ने चुनौति विषयक कार्यक्रमका सहभागीहरुले चाडपर्वको समयमा द्वन्द हुन नदिन मदिरा र जुवातास नियन्त्रण गर्नु आवश्यक रहेको सहभागीहरुले बताएका हुन ।
जुवातास खेलेर र रक्सी खाएर पैसा सिध्याउने अनि त्यसैका कारण घरमा श्रीमतिलाई कुट्ने,यौन हिंसाका घट्ना घटाउन,चोरीे ,अपराधिकलगायतका क्रियाकलाप हुने सम्भावनाहरु रहेको भन्दै उनले त्यसतर्फ प्रहरी सजक हुनुपर्नै बताईन ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले द्वन्दको मुख्य कारण नै मादक पदार्थ सेवन हुने भएकाले रक्सीलाई चाडपर्वका नियन्त्रण गर्नुपर्ने बताए । रक्सी तथा जुवातासकै कारण चाडपर्वका बेला घरमा श्रीमान श्रीमतिका विचमा झगडा,साथीभाईका विचमा झगडा हुनेदेखि चोरी,सवारी दुर्घटना,ज्यान मार्नेसम्मका अपराधिक गतिविधिहरु हुने भएकाले त्यस्ता क्रियाकलापहरुलाई रोक्न प्रहरी सजक बन्नुपर्ने केन्द्रीय सचिव जिएमले बताए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा ंिसहले चाडपर्वमा जुवातास र मादक पदार्थको विक्रि वितरण र सेवनमा नियन्त्रण गर्ने बताइन । नेपाल प्रहरीले चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको भन्दै तत्काल योजना लागु गर्ने बताइन । जस अनुसार साभm आठ बजेभन्दा पछाडी रक्सी बेच्नेदेखि सेवन गरेर हिड्न नपाईन र जुवातासको नाममा कोही पनि खेल्न नपाउने उनले बताईन । ‘ चाडपर्वका नाममा जुवातास खेल्ने,रक्सी सेवन गरेर हल्ला गर्ने कसैलाई नी छुट हुदैन।’–प्रहरी उपरिक्षक सिंहले भनिन्–‘चाडवर्पलाई लक्षित गरेर आजकै मितिदेखि साझ आठ बजेपछि रक्सी बेच्ने र खाएर हिड्नलाई प्रहरीले प्रतिवन्ध लगाउने तयारी गरेको छ । नियमलाई नमाने जोसुकैलाई पनि कानुनी कारवार्ही गर्न प्रहरी बाध्य हुन्छ ।’

त्यससँगै प्रहरी चाडपर्वमा हुने चोरी,लुटपाट,गुन्डागर्दी,यातायातका साधनहरुमा हुने ठगि र दुव्र्यवहार रोक्न प्रहरी लागि रहेको उनको भनाई थियो । कार्यक्रममका अन्य सहभागीहरुले जुवातास,मादक पदार्थ सेवनवाट हुने द्वन्दसँगै यातायातका साधनहरुले क्षमताभन्दा बढि यात्रुहरु राखेर हिड्दा हुने सक्ने दुर्घटना,बजारमा सडक मिचेर हुने व्यापार व्यवसायसँगै अव्यवस्थीत पार्किङ,चाडपर्वका समयमा खाद्यवस्तुमा हुने मिसावट,होटेलहरुमा हुने अवैध क्रियाकलापलगायतका कारण द्वन्द सृजना हुने भएकाले त्यस्ता गतिविधिहरु रोक्न प्रहरीलाई सक्रिय हुन बक्ताहरुले आग्रह गरेका थिए ।

हरप्लेसका उपाध्यक्ष सुनिता बिएमको अध्यक्षामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सनिव प्रियासन,दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशी,मानवअधिकार एलायन्स दाङका अध्यक्ष बिकिरण गौतम,राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारी,प्रेस सेन्टर नेपालका प्रदेश सचिव गणेश ओली,विदुवा महिला सरोकार केन्द्रका अध्यक्ष हुमा डिसी,पत्रकार आजाद खड्कालगायतले बोलेका थिए । कार्यक्रमको बिषयवस्तुमाथि स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज अधिकारीले प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन हरप्लेसका जिल्ला कार्यक्रम संयोजक बिनोद केसीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्