खुल्ला भलिबल प्रतियोगिता सुरु



लक्ष्मण बस्नेत
दाङ १ असोज
दाङ तुलसीपुर अरनीको मैदानमा संचालित खुला भलिबल प्रतियोगिताको आज आईतबार सम्पन्न खेलमा राप्ति बबई बहुमुखी क्याम्पस, शसस्त्रको एपीएफ र बहादुर गोर्खाली ट्रेनिङ सेन्टर तुलसीपुरले विजयी सुरुवात गरेका छन । संगठित यु्वा क्लब तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिता प्रतियोगिताको उद्घाटन खेलमा शान्ति नगर युवा क्लबलाई २५–१० र २५–११ को सोझो सेटमा पराजीत गर्दै राप्ति बबईले विजयी यात्रा सुरु गरेको हो ।

त्यस्तै लोटस ट्रेनिङ सेन्टर घोराही वि लाई २५–१४ र २५–१८ को सोझो सेटमा पराजीत गर्दै एपीएफको महेश्वरी बाहिनी सुर्खेतले आफ्नो विजयी यात्रा सुरु ग¥यो भने न्यु स्टार क्लब पर्सेनीलाई २५–१४ र २५–१२ को सोझो सेटमा पराजीत गर्दे बहादुर गोर्खाली टे«निङ सेन्टर तुलसिपुरले विजयी यात्रा सु्रु गरेको हो ।

प्रतियोगिता अन्तरगत भोली सोमबार पहिलो खेलमा आयोजक संगठित युवा क्लब र व्रेभ गोरखा घोराही विहान ७ वजे पछी भिड्ने छन भने दोश्रो खेलमा काँशीपुर भलिबल क्लब र एपीएफ महेश्वरी बाहिनी सुर्खेत वि विच भिड्न्त हुने प्रतियोगिता संयोजक कमल घर्तिले जानकारी दिनु भएको छ । यसैविच प्रतियोगिताको उद्घाटन दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले गर्नु भएको हो ।

क्लबका अध्यक्ष चन्द्रविर वलीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डाँगीले २०७५ सालमा मध्यपश्चिमाञ्च हुने आठौ राष्ट्रिय खेलुकदको उद्घाटन दाङ जिल्लामा गर्ने गरी भौतिक संरचना निर्माणको तयारी थालेको बताउनु भएको छ ।

दंगाली शान र गौरवको रुपमा रहेको बेलझुण्डी खेल मैदानमा बहुउदेश्यीय रंगशाला निर्माणको मिशनले यतिवेला आन्तरिक र वाह्य गृहकार्य तिव्र पारेको बताउनु भयो । हामी जती सक्यो चाडो रंगशाला निर्माणको टेन्टर प्रक्रिया गराउने पक्षमा जुटिरहेका छौ उहाँले भन्नुभयो । साथै उहाँले दुई वर्ष भित्रै ३० हजार दर्शक अट्ने क्षेमता भएको प्रदेश स्तरिय रंगशाला निर्माण हुनेमा आशावादी रहन पनि आग्रह गर्नु भयो । क्लबका सल्हाकार मोहन सुनारको स्वागत मन्तव्य रहेको कार्यक्रममा विशिष्ठ अतिथीहरु तुलसीपुर उपमहानगरपालिका ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसंघका केन्द्रिय उपमहासचिव सुरेश हमाल, शसस्त्र प्रहरी कारागार वेस क्याम्प तुलसीपुरका प्रमुख देव बहादुर चन्द लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको संचालन खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

प्रतियोगितामा विजेता, उपविजेता र तृतिय हुनेले क्रमश नगद ३० हजार, २० हजार र १० पुरस्कार राशी हात पार्नेछन । तिन दिन सम्म चल्ने प्रतियोगितामा दाङ लगाएत विभिन्न जिल्लाका गरी १६ टिमको सहभागिता रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्