मुखैँ रसाउने सॉधेको मासु — बनाउने तरीका



 

प्राय– मासुको परीकार सबैलाई मनपर्ने परीकार हो, आज घरमै मासु लाई पोलेर वा उसिनेर मसला सँग सॉधेर बनाउने उपाय बताउने छौँ । जुन होटलको जस्तौ स्वादमा पाउनुहुने छ ।

यो परिकार जुन सुकै मासुको पनि बनाउन सकिन्छ। जस्तै कुखुरा, हाँस ,खसी, रांगा ,सुकेको माछा इत्यादि। नेपालमा हाँस सॉधेको ,खसी सॉधेको र वंदेल सॉधेको विषेश प्रसिद्द् छ भने छोयलाको रूपमा सॉधेको रॉगाको मासु,खानाको अभिन्न अङ्ग हो ।
सामाग्री-

१ किलो मासु ९बोसो नभएको तर मनपर्ने भएमा छाला राखे हुन्छ

५० ग्राम सुकेको रातो खुर्सानी भुटेर पिनेको

५० ग्राम लसुनर अदुवाको पेष्ट

१र१ चम्चा जिरा धनियाँको धुलो

भुटेर पिधेको आधा आधा चम्चा मरिच

टिमुरको धुलो

नुन बेसार इच्छानुसार र मुठा हरियो लसुन

तोरीको तेल ५० ग्राम

बनाउने विधि —

मासु सफा गरेर चेप्टो लामो पीस गर्नु र नुन बेसारमा मोली आधा घण्टा छोडिदिनु। अब गोल कोइला वा ग्याँस वा स्टोभमा एउटा जाली राखी मासुलाई राम्रोसँग पोल्नु र पोलेको मासुमा सबै मसलाहरू राखी मोल्नु। यदि इच्छा भएमा अलिकति कागति पनि राख्न सकिन्छ। पोल्नको सट्टा उसिनेर पनि गर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्