प्रदेश नम्बर २ मा स्थानिय तहको निर्वाचन आज



सैघाली खबर
काठमाडौं,२ असोज

प्रदेश २ का आठ जिल्लाका नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार ९आज० मतदान गर्दै छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन आयोगले तोकेको मतदान केन्द्र वा मतदान स्थलमा गएर उनीहरूले मतदान गर्नेछन् । यो निर्वाचनले ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि जनप्रतिनिधि छान्नेछन् ।

यसअघि ३१ वैशाख र १४ असार गरी दुई चरणमा प्रदेश नं १, ३, ४, ५ तथा ६ का स्थानीय तहमा निर्वाचन सम्पन्न भई प्रतिनिधिले काम गर्नसमेत थालिसकेका छन् ।निर्वाचनबाट बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ६ हजार ६ सय २७ प्रतिनिधि चुनिनेछन् ।
मतदानका लागि २६ लाख ६४ हजार ९ सय ५० मतदाता योग्य छन् ।सुरक्षा दृष्टिले संवेदनशील मानिएको यो प्रदेशमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ । २ नम्बर प्रदेशका प्रहरी प्रमुख विजयलाल कायस्थ भन्छन्, ‘निर्वाचनको समग्र पक्षलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ ।’ निर्वाचन बिथोल्ने आकलन गरिएका सिके राउत, विप्लव माओवादी र जयकृष्ण गोइत समूहका केही कार्यकर्तालाई स्थानीय प्रशासनले पक्राउ गरेको छ ।
निर्वाचनविरुद्ध रहेको भन्दै प्रहरीले सप्तरी, सिरहा, धनुषाका विभिन्न भागबाट केही मानिसलाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाइएको छ ।

copy by ratopati…

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्