मुख्य समाचार

उम्मेदवारको मृत्युले राजविराज नपा १५ को निर्वाचन स¥यो, असोज ५ गते हुने

By थाहा अनलाइन

September 18, 2017

सैघाली खबर सप्तरी ,२ असोज

राष्ट्रिय जनता पार्टी नेपालका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि आज हुने वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ । साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने राजपाका वडाध्यक्ष पदका उम्मेदवार ६५ वर्षीय यादव क्यान्सरबाट पीडित हुनुहुन्थ्यो र अस्ति शनिबार साँझ घरमै उहाँको निधन भएको थियो ।