शरद रेग्मी,
दाङ २ असोज ।
प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मिङमार लामाले चाड पर्वमा
विशेष सुरक्षा योजना लागु गरिने वताउनु भएको छ ।
उहाले चाडपर्वमा हुन सक्ने नकारात्मक क्रियाकलापलाई प्रहरीले कडाईका साथ कदम चाल्ने पनि प्रष्ट
पार्नु भयो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीको गेष्ट स्पीकरका रुपमा
कार्यक्रममा सहभागी हुनु भएका एआईजी लामाले यस क्षेत्रको शान्ति सुरक्षा
मजवुत पार्न नागरिकहरुको पनि महात्वपूर्ण भुमिका हुने वताउनु भयो ।
उहांले नागरिक र प्रहरी विच सम्वन्ध सुमधुर हुन सके मात्रै समाजमा शान्ति स्थापना गर्न
मद्धत पुग्ने वताउनु भयो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफान
वावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले रोटरीले यस
क्षेत्रमा गरेको सामाजिक कार्यको प्रसंसा समेत गरेका थिए ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु विमल रिजाल, कुशल तर्ताल, विर वहादुर रावत, विजय के.सी. ललित हादुर घर्ति, धर्मेन्द्र कुमार बैश्य, कोषाध्यक्ष सुरेश हमाल लगायतले वोल्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव हेमन्त डांगीले गर्नु भएको थियो
।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।