भब्य रुपमा संविधान दिवस मनाउने



सैघाली खबर,
दाङ २ , असोज। जिल्लामा विविधकार्यक्रम गरेर भब्यरुपमा संविधान दिवस मनाउने निर्णय भएको छ ।त्यसको लागि जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको संयोजकत्वमा ‘संविधानदिवस जिल्ला समारोह समिति’ गठन गरिएको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा बसेको बैठकले संविधान दिवस मनाउनको लागि समिति गठन गरेको हो ।

समितिको सदस्यमा राजनीतिक दल, स्थानीय तहका प्रमुख, उप्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ र संघ सस्थाकाप्रति निधि रहेका छन् ।

त्यसैगरेर बैठकले असोज २, ३ र ४ गते विविधकार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको हो । बैठकले असोज २ गते साँझ घोराहीको सहिद गेट र सरकारी कार्यालयमादिपावलीगर्ने निर्णय गरेको छ । सहिद गेटमा दिपावलीगर्ने जिम्मा दाङ उद्योग वाणिज्य संघलाई दिएको छ .
त्यसैगरेर असोज ३ गते घोराही उपमहानगरपालिका हलमा प्रवचन गर्ने र ४ गते साँझ सवै कार्यालयमा दिपवाली गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका सुचनाअधिकृत कृष्ण केसीले वताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्