ब्यानर समाचार

लोकसेवाको विज्ञापनमा गुरुङ समुदायलाई उपेक्षा गरेको गुनासो

By थाहा अनलाइन

July 28, 2019

लोकसेवा आयोगको विज्ञापनमा गुरुङ समुदायलाई आरक्षण नदिएर सरकारले उपेक्षा गरेको ती समुदायले आरोप लगाएका छन् ।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्का पूर्वअध्यक्ष स्व डा रेमबहादुर गुरुङको नवौँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित ‘आरक्षण र लोकसेवा आयोगको विज्ञापन’ विचार गोष्ठीमा वक्ताहरुले लोकसेवा आयोगमा आरक्षण नदिएर सरकारले गुरुङ समुदायलाई उपेक्षा गरेको बताएका हुन् ।

कार्यक्रममा आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत् बरामले अन्याय र अत्याचारमा परेका आदिवासी जनजातिको हकहितका लागि सरकार लाग्नुपर्नेमा उल्टो लोकसेवामा दिएको आरक्षण रोकेर आदिवासी जनजाति समुदायलाई सरकारले अन्याय गरेको बताउनुभयो ।

कार्यक्रममा परिषद्का पूर्वध्यक्ष प्रा डा ओम गुरुङले सरकारले जेठमा खोलेको लोकसेवाको नौ हजार १६१ विज्ञापन असमावेशी, गैरसंवैधानिक भएको गुनासो गर्नुभयो ।

परिषद्का अध्यक्ष रेशम गुरुङले समानताको बाटोमा डोहो¥याउने लोकसेवाको आरक्षण नदिएर सरकारले गुरुङ समुदायलाई पछाडि पार्न खोजेको आरोप लगाउनुभयो । परिषद्का उपाध्यक्ष आरबी गुरुङले स्व गुरुङले गुरुङको हक अधिकारका लागि खेलेको भूमिका अतुलनीय रहेको चर्चा गर्नुभयो