६० प्रतिशत मत खस्योः निर्वाचन अायोग



सैघाली खबर,
काठमाणडौ २ भदौ।
दुई नम्बर प्रदेश अन्तर्गत स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा तराईका आठ जिल्लामा भइरहेको आजको मतदान अहिलेसम्म ६० प्रतिशत मत खसेको छ ।
आज विहान सात बजेदेखि सुरु भएको तराईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमा जारी मतदानमा अपरान्ह दुर्इ बजेसम्ममा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० बाट प्राप्त पछिल्लो जानकारीअनुसार सबै मतदान केन्द्रमा मतदाता ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदानमा सहभागी भइरहेका छन् ।
प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुने छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्