‘बालसंरक्षणका लागि सरोकारवालाको भुमिका महत्वपुर्ण’



दिपक बोहरा,
तुलसीपुर २ असोज ।
तुलसीपुरमा दुई दिने बाल श्रम तथा बाल संरक्षण कार्यक्रम अन्तरगत घटना ब्यबस्थापन एबं सिफारिश प्रणालीको लागि क्षमता बिकास तालिम सम्पन्न भएको छ ।

युनिसेफ र तुलसीपुर उपमहानगरपालिकाको सहयोग तथा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र ९ न्युसिपिसी ० को आयोजनामा भएको तालिमको सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

न्युसिपिसिका कार्यबहाक अध्यक्ष गोबिन्द रजौरेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ का अध्यक्ष नबराज लामिछानेको प्रमुख आतिथ्य एबं तुलसीपुर उपमहानगरपालिकाका समाज कल्यान अधिकृत टोप बहादुर डाँगीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा प्रमुख अतिथि लामिछानेले
यहाँका बालबालिकाको संरक्षणका लागि सबै सरोकारवाला एक हुनुपर्ने बताएका छन् । उनले अझै पनि धेरै बालबालिकाहरु बिभिन्न श्रम, बालबिबहा, बालहिंसाबाट मुक्त हुन नसकेको भन्दै त्यसको अन्त्य गर्न सबै एक हुनुपर्ने बताए । अहिले पनि बालबालिकाहरुका अभिभाबक नहुँदा उनीहरुलाई परिवारमा पुनःस्थापन गर्न नसकिएको उनको भनाई थियो ।

कार्यक्रमको सहजीकरण संयोजक भिम खत्रीले गरेका थिए । दुई दिन सम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा पत्रकार दुर्गालाल केसी र नानिमैया वली रहेका थिए । तालिममा बालसंरक्षण गर्न सरोकारवालाको भुमिकाका बिषयमा जानकारी गराईएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्