मुख्य समाचार

बजार अनुगमनका क्रममा म्याद नाघेका फ्रुटी देखि कुहिएको नमकीन सम्म फेला

By थाहा अनलाइन

September 18, 2017

जनक नेपाली दाङ,२ असोज । जिल्ला प्रशासन कार्यालय दाङले घोराहीका विभिन्न किराना पसल तथा सुपरमार्केटको अनुगमन गरेको छ । आउदै गरेको दशै ,तिहार छट पर्वलाई मध्य नजर गर्दै बजार अनुगमन गरिएको हो । अनुगमन टोलीले निमाहल रोडमा रहेका खाद्य पसलहरुको अनुगन गरेको थियो । बजार अनुगमन जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय ,उद्योग विकास कार्यालय र दाङ जिल्ला उद्योग वाणिज्य संघले ंसंयुक्त रुपमा गरेको थियो ।

अनुगमनका क्रममा म्याद नाघेका फ्रुटी देखि कुहिएको नमकीन सम्म फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । प्रशासनले निमाहल रोडमा रहका १३ वटा खाद्य पसलहरुको अनुगन गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रशासनले बजारमा अनुगनका व्यापारीहरुले सामानको कृतिम गरेका छन या छैनन, व्यापारीहरुले ईजाजत पत्र ल्याएका छन छैनन , विक्री वितरण हुदै आएका सामानले म्याद नाघेका छन् छैनन भनि अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । चाडपर्वमा मात्र गरिने वजार अनुगन मात्र नहुने वताउँदै त्यसका निमित बजार अनुगमनको आबश्यकता रहेको वताउनुभयो । पहलो पटक अनुगमन गरेका पसलहरु पुनह् अनुगमन समेत बताउनुभयो । अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेब साउद, खाद्य निरिक्षक प्रतिक साउद,उद्योग विकास कार्यालयका अधिकृत तुल्सीराम सुवेदी,दाङ उद्योग वाणिज्य संघका सदस्य रामप्रसाद पोख्रेलको सहभागिता रहेको थियो ।