दाङमा दशैपछि  बिमान सञ्चालन हुने 



सैघाली खबर

दाङ २ असोज । लामो समयको गृहकार्य र छलफल पश्चात तुलसीपुरको एयरपोर्टमा जहाज चल्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र नेपाल एयर लाइन्सका महाप्रवन्धक सुगतरत्न कंसाकार विच आइतवार भएको छफफल पश्चात लामो समयदेखि वन्द रहेको विमान सेवा सञ्चालन हुने भएको हो । “ तत्काललाई नेपाल एयर लाइन्सले काठमाडौ नेपालगन्ज दाङ विमान चलाउने र २ महिना भित्र नेपाल एयर लाइन्सका २ वटा साना जहाज आएपछि दाङबाट सिधै सेवा सञ्चालन गर्ने सहमति भएको छ ” मेयर पाण्डेले वताउनु भयो । “तत्काललाई पनि आवश्यकता अनुसार नियमित नै उडान हुनेछ ” उहाँले जहाज दाङ वाटै नियमित भएपछि इन्धन डिपोको लागि एयर लाइन्सले नै जिम्मा लिने सहमति भएको पनि वताउनु भयो ।

जहाज चल्ने सन्दर्भमा पुर्ण सहमति भएपनि दशै अगाडि चलाउने वारेमा भने महाप्रवन्धक कंसाकारले जवाफ दिन नसकेको प्रवक्ता श्याम डाँगीले वताएका छन् । “मेयर सापले दशै अगाडि एउटा भएपनि उडान गरौ भनेर अडान लिनुभयो तर महाप्रवन्धकले दशै अगाडि विभिन्न विदा परेकाले प्रक्रियामा जान ढिला हुने भएकाले दशै पछाडिवाट सञ्चालन गर्ने सहमति गर्नुभएको छ ” प्रवक्त्ता डाँगीले वताउनु भयो । छलफल पश्चात प्राधिकरणले तत्काल प्राविधिक अध्ययनको कार्य अगाडी वढाउने प्रतिवद्धता समेत जनाएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्