‘सामाजिक प्रतिष्ठाको मंहगो मुल्य वन्दै लागु औषध दुव्र्यसनी’



गिरिराज नेपाली
जेष्ठ ११ , दाङ । ‘‘खाउ न, खा ..कसैले देखेका छैनन । ’’, ‘‘चाँखेर तँ हेर कस्तो हुन्छ । ,एकै सर्काे मात्र तान न ..’’ यो एक सर्काे पनि तानिन्स भने म तेरो साथी होईन । म संग नबोलेस् ’’ उतिवेला यस्तै कसम र वाचाहरु खुवाउदा खुवाउदै म यो खान सिके । एकदिन एका गर्दागर्दै मलाई लत बस्यौ । म ‘एडिक ’ भए । आफु चढ्ने मोटरसाईकल पनि वेचे । बा ,आमाले पैसा पनि उडाए । अहिले यो हाल भयो । गाँउले , साथीभाई, आफन्त–ईष्टमित्रको मात्रै होईन , बा आमा, दाजुभाई दिदि वहिनी र श्रीमतीको नजरमा समेत म नरामं्रो भई वाँचिरहेको छु ।

घोराही उप–महानगरपालिका १५ का सन्तोष रणप्यालीका भनाई हुन यि । अहिले म समाज र आफन्तहरुको घृणित भई वाँचिरहेको छु । बा , आमा, श्रीमती सवैले टाढा भए समाजले पनि ट्यापे र गजडी भन्छन । त्यो सुन्दा चित्त दुख्छ । दुखेर पनि के । उहाँले भन्नुभयो ‘म भुलवंश साथी भाईहरुको संगतले कुलतमा फसे । ’जानीजानी म यो वाटो रोजेको होईन । किन मलाई परिवार र समाजले अपहेलना गर्दछन ?
घर वरीपरीका कसैले राम्रो व्यावहार गर्दैनन । अझै हामी उनीहरुको घरमा गयौ भने गजडीको बा आयो भनि कानेखुसी गर्दै कुरा काट्छन । त्यो व्यावहार देख्दा र सुन्दा पर्दा निकै दुख्छ । गाँउघरकोख विहे भतेरमा समेत जान मन लाग्दैन । सवैले कुरा काट्छन । भन्दै सन्तोषका बाबु चित्र वहादुर नेपाली बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘ समाज न कसैले उस लाई राम्रो भन्छन , न हामीलाई नै अहिले सुधार केन्द्रमा राखिरहेकाले केही फरक आएको छ । तर घरमा फर्किए फेरी उही नै हो ।drug abuse
काठमाण्डौ वाट छोरो विद्वान बनि घर फर्केला भन्ने बेला लागु औषध दुव्र्यसनी कर्ता पो । वनेर फर्कियो । त्यसमा लगाएतको लगानी खेर भयो । भविष्यको आश पनि हराएरै गयो । अव हामी लाई वुढौलीको साहारा चिन्ता छ । उहाँले भनुहुन्छ ‘ गाँउलेहरुले अपहेलना होईन मायाँ गरेर बाबु यस्तो गर्नु हुदैन भनी सम्झाई वुझाई गरे केही फरक हुने थियो कि भन्ने आश छ ।

सामाजिक , आर्थिक र साँस्कृतिक विकृतिमा रुपमा फैलदै गएको लागु औषध दुव्र्यसनी सामाजिक मुल्य मान्यता माथि निकै असर परेको युवा समाजसेवी सनत गिरीले वताउनु भयो । त्यो वढ्दो लालु औषध दुव्र्यसनीको शिकारमा प्राय १२ देखी २५ वर्ष उमेर समुहका किशोरकिशोरी र युवायुवतीहरु वढि जोखिममा पर्ने गरेको उहाँले वताउनु हुन्छ । यि उमेर समुहका किशोर किशोरी र युवायुवतीहरुले वढि साथी भाईको लहलरी र देखासिकीका कारण दुव्र्यसनीमा फस्ने गरेकाले समयमा सचेत अपनाउनु पर्ने वताउनु भयो । उहाँले भन्नु भयो ‘वालवालिका , किशोरकिशोरी र युवायुवतीहरुको पहिलो आधार नै परिवार अर्थात अभिाभावक हो ।’ अभिभावकहरुले समयमा नै आ–आफ्ना बालबच्चाहरुमा ध्यान नपु¥याउदा अहिले निकै पछुतोमा परीरहनु परेको छ । जसका कारण दुव्र्यसनीमा फसेकाहरु मात्रै होईन त्यो दुव्र्यसनीको शिकार परिवारहरुले खेप्नु परेको उहाँले वताउनु भयो । युवाहरुको क्षेत्रमा काम गर्दै आईरहेको त्रिभुवननगर जेसिजका निवर्तमान कार्यकारी उपाध्यक्ष रहनुभएका गिरीले दुव्र्यसनीको जोमिख र दुव्र्यसनीमा फसेका युवायुवतीहरु लाई सामाजिक सचेतना र परामर्शको आवश्यक रहेकाले सवैले उनीहरु लाई सम्मानजनक व्यावहारको वाटोमा ल्याई उनीहरुको सकारात्मक सोचको विकासमा अभिप्रेरित हुनुपर्नेमा वताउनु भयो । जसका कारण सभ्य ,समृद्धि सुसंस्कृत समाज निर्माणमा सघाउन पुग्ने उहाँले वताउनु भयो ।
३० प्रतिशत सामाजिक अपराध वढाउदै
वढ्दो. शहरीकरणको विकास संगसंगै वृद्धि भईरहेको लागु औषध दुव्र्यसनीले दाङमा ३० प्रतिशत सामाजिक अपराध निम्त्याएको प्रहरीको तथ्याङ रहेको छ । जिल्ला प्रहरी कार्यलय दाङले दिएको जानकारी अनुसार जिल्लामा ३० प्रतिशत अपराध लागु औषध दुव्र्यसनीका कारण हुने गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले ३० प्रतिशत अपराधिक घटनाहरु लागु औषध दुव्र्यसनीकै कारण हुने गरेको वताएका छन । सामान्य झैगडा देखी ठ्ुला ठुला हत्या हिंसा र वलत्कार सम्मका घटनाहरु पनि दुव्र्यसनी संगै जोडिदै आएका सिंहले जानकारी दिए । जसका कारण अपराधिक गतिविधिले प्रशय पाईरहेको उहाँको भनाई छ ।
चालु आर्थिक वर्ष ०७३÷७४ को वैशाख ७ गते सम्मा ५८ जना प्रयोग कर्ता लाई प्रहरीले लागु औषध सेवन गर्दा गर्दै अवस्थमा पक्राउ गरेको छ । जसमा ११ जना १५ वर्ष मुनिका वालवालिकाहरु रहेकाले लागु औषध दुव्र्यसनी सम्वन्धी परामर्श गरी परिवारको रोहोवरमा जिम्मा लगाएको जानकारी दिए भने वाँकी ४७ जना लाई उचित कानुनी कार्वाही जारी नै रहेको सिंहले जानकारी दिनुभयो ।
जसमा अधिकाश १० वर्ष देखी २५ वर्ष उमेर समुहका वालक र युवायुवती देखिएका छन । लागु औषधको दुव्र्यसनीमा प्राय १५ देखी २५ वर्षका युवायुवती्हरु वढि जोखिममा पर्ने गरेका छन । साथी संगतको लहलही , पारिवारीक विखण्डन , डिप्रेशन र उदासिन्ता जस्ता कारणले युवायुवतीहरु दुव्र्यसनीमा फस्ने गरेका छन । भने दुव्र्यसनीका कारण अपराधिक गतिविधि समेत फष्टाउने गरेको सिंहको भनाई छ । दुव्र्यसनी लाई न्युनिकरण गरी सामाजिक सभ्यता र सुरक्षित आत्मीय समाज निर्माणका लागि प्रहरीले निकै प्रयास गरे पनि त्यो प्रयास चुनौती पुर्ण भन्दै गएको उहाँले वताउनु भयो । सामाजिक सचेतनाको अभाव र नागरिकहरुको गैर जिम्मेवारीपनाका कारण समुदाय लाई लागु औषध दुव्र्यसनी मुक्त समाज वा नियन्त्रीत समाज निर्माण गर्न नसकिएको भनाई । सवै नागरिकहरु दुव्र्यसनी न्युनिकरणका लागि सचेत भई सामाजिक जनचेतनाको विकासमा लागे यसलाई पुर्ण रुपमा निर्मुल गरी शान्त र सभ्य समाज निर्माण गर्न सकिने उहाँको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्