संविधान दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन



 

सैघाली खबर

दाङ २ असोज संविधान दिवस जिल्ला समारोह समिति दाङले संविधान दिवसको पुर्व सन्ध्यामा सोमवार दिप प्रज्ज्वलन गरेको छ ।घोराहीको सहिद गेटमा दिप प्रज्ज्वलन गरेको हो ।दिप प्रज्ज्वलनमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, वडाध्यक्ष, राजनीतिकदल, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ र संघ सस्थाका प्रतिनिधिहरुको सहभागि भएका थिए । जिल्ला समारोह समितिका अध्यक्ष तथा जिल्ला सममन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम भएको हो । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गरेका थिए । दिप प्रज्ज्वल कार्यक्रमको संयोजक दाङ उद्योग वाणिज्य संघले गरेको थियो । यसैविच समितिले मगलवार प्रवचन कार्यक्रम राखेको छ । घोराही उपमहानगरपालिकाको हलमा कार्यक्रम राखेकोले सहभागिताको लागि समितिले सवैमा आग्रह गरेको छ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्