मुख्य समाचार

सवारी दुर्घटनामा नवलपरासीमा एकको मृत्यु

By थाहा अनलाइन

September 19, 2017

 

सैघाली खबर कावासोती ,३ असोज

नवलपरासीको अरुणखोला जङ्गलमा सोमबार राति साढे ११ बजे कार अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१५च९६५६ कार अनियन्त्रित्र भई पल्टँदा कारमा सवार कावासोती ८ बस्ने ४१ वर्षीय तुलसी पौडेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी नवीनराज राईले बताए।

त्यस्तै, कार चालक कावासोती २ का सन्तोष सुवेदी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।