सैघाली खबर
बारा, ३ असोज
। बारामा मतगणना सुरु भएको छ । १७ स्थानीय तहमध्ये २ को भने मतगणना सुरु हुन सकेको छैन । त्यहाँ गणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।
जिल्लाको फेटा, आदर्शकोतवाल गाउँपालिका, सिम्रौनगढ नगरपालिका, बारागढी गाउँपालिका र पर्चौता नगरपालिकामा हिजो रातिदेखि नै मतगणना सुरु भएको छ भने जितपुरसिमरा उपमहानगरपालिकामा बिहान ५ बजदेखि नै मतगणना सुरु भएको छ । निजगढ र कोहल्बी नगरपालिकामा ९ बजेपछि मतगणना सुरु हुने जनाइएको छ ।
हिजो रातिदेखि नै गणना भएका स्थानीय तहको प्रारम्भिक मतपरिणाम बाहिर आउन थालेको छ । प्रारम्भिक मतपरिणाम अनुसार बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आदर्शकोतवाल गाउँपालिकामा नेकपा एमाले अगाडि देखिएको छ । एमाले उम्मेदवारलाई नेपाली कांग्रेस, संघीय समाजवादी फोरमले पछ्याइरहेका छन् ।
बिहान ७ बजे सार्वजनिक भएको मत परिणाम अनुसार, फेटा गाउँपालिकामा संघीय समाजबादी फोरमले अग्रता बनाएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । बारागढी गाउँपालीकामा नेपाली कांग्रेसले लिड गरिरहेको छ ।
बारामा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा मतदान स्थलमा संचारकर्मीलाई फोटो खिच्न दिइएको छैन । कडा सुरक्षा बीच मत गन्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।