७० वटा स्थानीय तहमा मतगणना सुरु, अन्यमा सुरु गर्ने तयारी ः निर्वाचन आयोग



सैघाली खबर
काठमाडौं,३ असोज

हिजो निर्वाचन भएका प्रदेश २ का आठ जिल्लाका ७० वटा स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तह मध्ये ७० स्थानीय तहमा रातिदेखि नै मतगणना सुरु भएको र अन्यमा मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । सोमबार भएको मतदानपछि सोमबार रातीबाटै ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ ।बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख रहेको ढकालले बताउनुभयो । सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ । राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेद्वारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्