राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना



सैघाली खबर
काठमाडौं,३ असोज

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान विश्वको उत्कृष्ट भएको बताउनु भएको छ । तेस्रो संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवं आपसी सद्भाव कायम राख्न अपिल गर्नु भएको छ । यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनसँगै राजनीतिक संक्रमण पूर्ण अन्त्य भई देश आर्थिक समृद्धिको यात्रामा द्रुतगतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा देशवासीलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले ‘समय परिस्थितिअनुसार संविधान पनि अझै समृद्ध बन्दै जाने विश्वास’ व्यक्त गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले हामी सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिड्न प्रेरित गरोस् भन्ने कामना गर्दै यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सन्देशमा संविधानको सफल कार्यान्वयनका लागि यसले निर्दिष्ट गरेको लोकतान्त्रिक संस्थाहरूको सबलीकरण गर्दै अगाडि बढ्नु आवश्यक रहेकामा जोड दिनुभएको छ । संविधान जीवन्त र गतिशील दस्तावेज भएको बताउँदै सन्देशमा प्रधानमन्त्री देउवाले यसलाई जीवन्त राख्न असल राजनीतिक संस्कार, नागरिक सचेतना र सुशासन अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्