सरकारकोे निर्णयमा चिकित्सकहरुको आपत्ति



सैघाली खबर
काठमाडौं,३ असोज

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन परिमाजर्न गर्ने सरकारको निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

उक्त विवादास्पद निर्णयलाई ७२ घण्टाभित्र फिर्ता नलिए नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरु पूर्ण रुपमा बन्द गरी निर्णायक आन्दोलन गर्न बाध्य हुने संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले चेतावनी दिनुभयो ।

सरकारले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ति चिकित्सकले नै तिर्नु पर्ने निर्णय गरेको छ । त्यस अनुसारको कानुन बन्दैछ । चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सक स्वास्थ्यकर्मीहरु, संघका शाखा कार्यालयहरुलाई तयारी अवस्थामा बस्न समेत विज्ञप्ती मार्फत आह्वान गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्