थारुभाषा संरक्षण गर्न महिला समुह गठन



सैघाली खबर
दाङ,३ असोज । थारु जातीहरुको मौलिक, भाषा, सस्कृति संरक्षण गर्न शिर्जनशिल महिला समुह गठन गरिएको छ । सोमबार कृष्णा चौधरीको अध्यक्षतामा ४५ सदस्यीय महिला समुह गठन गरिएको हो ।जसको उपाध्यक्षमा निमली चौधरी, सचिबमा सीमा वली र कोषाध्यक्षमा सरीता चौधरी चयन भएका छन् । थारु समुदायका अशिक्षित बर्गलाई साक्षर बनाउन्, समुह मार्फत आर्थिक रुपमा सबल बन्न, बिकृति बिसंगती अन्त्य गर्न समुह गठन गरिएको हो ।

असाहय बाल बिकास केन्द्र नेपाल बिजौरीका अध्यक्ष बिष्णु चौधरीको प्रमुख आतिथ्य तथा कृष्णा चौधरीको बिशिष्ट आतिथ्यमा समुह गठन गरिएको हो । त्यस अबशरमा प्रमुख अतिथि चौधरीले थारु समुदायका परम्परागत भाषा, संस्कृति, रहनसहन जोगाउन समुहले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताए ।साथै थारु समुदायलाई हरेक क्षेत्रबाट माथि उठाउन समुहको भुमिका महत्वपुर्ण रहने बताए । ‘ पछिल्लो समय थारु संस्कृति हराउदै गएको छ ’ उनले भने ‘ यसलाई जोगाउन समुह मार्फत पहल थालिने छ ।’ साथै नयाँ कार्यसमितिले त्यसतर्फ बिशेष ध्यानदिन पनि सुझाब दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्