‘स्थायित्वका लागि संविधान ःप्रजिअ’



 

गिरिराज नेपाली  

दाङ , असोज ३

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र  वहादुर श्रेष्ठले  मुलुकको स्थायित्वका लागि  जारी संविधान कार्यन्वयन अति आवश्यक रहेको वताएका छन । 

संविधान लामो समय वितिसक्दा सम्म पनि कार्यन्वयन हुन मुलुकले स्थायित्व नपाएको गुनासो गर्दै संविधान कार्यन्वयनका लागि सवै दल , नागरिक र कर्मचारीहरुले  सहकार्यको भावनाको विकास गर्नु पर्ने वताएका छन । संविधान दिवस जिल्ला समारोह समिति दाङले मंगलवार घोराहीमा आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मुलुकको स्थायित्व , अधिकार , समृद्धिका लागि संविधान कार्यन्वयन अति आवश्यक रहेको चर्चा गर्दै संविधान कार्यन्वयनका लागि दलहरुको सहकार्य एकताले मात्रै सम्भव रहेकाले दलहरुको एकतावद्ध भई संविधान कार्यन्वयनमा जुट्नु पर्ने उनले वताए ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता एंव  प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले  संविधान कार्यन्वयनका केही सुचकहरु देखा परे पनि ति सुचकले मात्रै संविधान कार्यन्वयन सम्पन्न हुन सक्ने भन्दै दलहरु त्यस तर्फ गम्भीर हुनु पर्ने उनले वताए । संविधान कार्यन्वयन हुन  नसक्दा प्रशासनिक निति नियम  बन्न नसकेकाले स्थानिय तहहरु अन्यौलमा परेकाले संविधान कार्यन्वयन वर्तमान परिस्थितिको पहिलो पहिलो आवश्यक्ता रहेको  उनले वताए । त्यस्तै घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरीले विष्शिट आतिथ्यता वाट वोल्दै नेपाल र नेपालीको गौरव रहेको नेपालको संविधान २०७२ कार्यन्वयनका पहिलो काम स्थानिय तहको निर्वाचन  सम्पन्न हुदै गरे पनि त्यो अभिभाराले मात्रै नेपाली नागरिकहरुले संविधानको अनुभुती गर्न नपाउने वताए ।  संविधान कार्यन्वयन माथि दलहरुको एकताको र सहकार्यको अभाव देखिएकाले दलहरु एकतावद्ध भई संविधान कार्यन्वयन गरिनु पर्ने उनले वताए ।

उनले भने विश्वकै उत्कृष्ट्र भनिएता पनि कार्यन्वयन हुन नसक्दा त्यो उत्कृष्ट्र संविधानको नागरिकहरुले अनुभुती गर्न नपाएको वताए । त्यस्तै नेपाली काँग्रेस दाङका सचिव शंकर प्रािद डाँगीले संविधान निर्माण देखी वर्तमान परिस्थिति सम्ममा नेपाली काँग्रेसले अग्रिणी भुमिका निर्वाह गरिहेकाले संविधान कार्यन्वयनका लागि काँग्रेस सकारात्मक रहेको पहल पनि गरिरहेकाले  अव नेपाल संविधान कार्यन्वयन वाटो हिड्ने वताए । उनले भने – भर्खरै स्थानिय तहको  निर्वाचनमा सम्पन्न हुदै छ । त्यो  नै संविधान कार्यन्वयनको एक आधारहरु यि आधारहरु जोड्दै संविधान कार्यन्वयनका लागि ढोका खुलाउन सकिन्छ ÷ सक्छन पनि ।  उनले भने दलहरु सवै एकता र सहकार्यको भावनाको विकासले त्यो सम्भव हुने भन्दै  संविधान लाई जिवित वनाउन त्यो आवश्यक नै रहेको उनले दावी गरे ।

कार्यक्रममा नेकपा एमालेकी तुलसा केसी ,  नेकपा माओवादी केन्द्रका विश्वराज आचार्य , फोरमका विन्तीराम यादव ,  राष्ट्रिय जनमोर्चाका  मनिराम खनाल लगाएतकाले भनाई राखेका थिए । भने धन्यावाद  नेपाल  पत्रकार महासंघ दाङका अध्यक्ष  सविन प्रियासनले गरेका थिए । कार्यक्रमको सहजीकरण  जिल्ला  समन्वय समिति दाङका  स्थानिय विकास अधिकारी  कुल वहादुर जिसीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्